स्वास्थ्य परिक्षण तथा योग शिविर र फलफूल, मौसमी कपडा वितरण कार्यक्रम सम्पन्न ।

Loading

स्वास्थ्य परिक्षण तथा योग शिविर र फलफूल, मौसमी कपडा वितरण कार्यक्रम  सम्पन्न ।

काठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-२, मा आज चैत्र  १८ गतेेेका दिन सामाजिक संस्था नेपाल वृद्ध तथा अपाङ्ग महिला सेवा केन्द्र र वडा कार्यालयको सहकार्यमा निशुल्क स्वास्थ्य तथा योग शिविर र मौसमी कपडा, फलफूल वितरण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश ढुंगानाको सभापतित्वमा सप्पन्न कार्यक्रमको प्रमुख अतिथि कार्य वाहक वडा अध्यक्ष कृष्णहरि श्रेष्ठ हुनुहुन्थ्यो साथमा कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रवीन्द्र ढुंगेलले गर्नुभएको थियो ।

कोभिड-१९ बाट प्रभावित ज्येष्ठ नागरिकहरुको घरदैलोमा नै स्वास्थ्य परिक्षण गरि विविध रोगहरुको पहिचान र निदान गर्नको लागि  यस सामाजिक संस्थाले यो घरदैलो स्वास्थ्य तथा योग शिविरको अभियान सुरु गरेको सभापति ढुंगानाले बताउनुभयो । वडा कार्यालयले एक्लैले गर्ननसक्ने काम नेपाल  वृद्ध  तथा अपाङ्ग महिला सेवा केन्द्रले गरेको भन्दै प्रमुख अतिथि का. वा. वडा अध्यक्ष कृष्णहरि श्रेष्ठले संस्थाको कार्यक्रमको प्रशंसा गर्नुभयो । कार्यक्रममा योग गुरु कृष्ण प्रसाद ढकालले योग शिक्षाको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।  कार्यक्रममा ६० बर्ष माथिका २०० जना भन्दा बढीले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए साथै ७० बर्ष माथिका लगभग १०० जनाले स्वास्थ्य परिक्षण र कपडा तथा फलफूल प्राप्त गरेका थिए । सामाजिक दुरि कायम गर्दै आयोजित कार्यक्रममा स्वास्थ्य बिमाको आवश्यकता बारे पनि जानकारी गराइएको थियो । संस्थाले आर्थिक रूपमा विपन्न व्यक्तिहरुको उपचारको लागि  सहयोगको प्रबन्ध गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा नयाँपाटी स्वास्थ चौकी प्रमुख सावित्री श्रेष्ठ, वडा सदस्य माया तामाङ र सरस्वती सुनुवार अतिथिको रूपमा उपस्थिति रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकि कार्यक्रम संयोजक देविका शर्मा राज उपाध्यायले राख्नुभएको थियो । आयोजकका तर्फबाट तिर्थराज पहाडी र साहारा प्रसाइले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो । कार्यक्रम नयाँपाटी स्वास्थ्य चौकीको प्रांगणमा सञ्चालन भएको थियो ।

0 thoughts on “स्वास्थ्य परिक्षण तथा योग शिविर र फलफूल, मौसमी कपडा वितरण कार्यक्रम सम्पन्न ।”

Leave a Comment