![]()
पिपुल्स न्युज सप्तरी/कैलाश माझी : १३ शुक्रबार, प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राइले आज मन्त्री परिषद बिस्तार गरेका छन । भने आजै मुख्यमन्त्री राईले नया चार मन्त्रीहरु पनि थपेका छन । जस्मा सामाजिक विकास मन्त्रीमा उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा राम बहादुर मगर, र भौतिक पूर्वाधार बिकास मन्त्रीमा अम्बिर बाबु गुरुङ रहेका छ्न भने आर्थिक मामिला तथा योजनामन्त्रीमा टंक आङबोहाङ ( लिम्बु ) रहेका छन । त्यसैगरी राज्यमन्त्रीमा जिल्ला उदयपुरकी कला घले भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रीमा राखेका छ्न भने मोरङका राजकुमार ओझालाई उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा राखी आजै सपथ गराएका छन् ।
जस्मा राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएको छ्न भने मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका छन । जस्मा भने मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन भने उषाकला राई एमालेका माधव नेपाल समूह छाडेर ओलि समूहमा लागेकी सांसद हुन् ।