![]()

नयाँ सत्ता समीकरणको विषयमा मतभिन्नता रहेको भनिएको जनता समाजवादी पार्टी (जसपा)
को कार्यकारिणी समितिको बिहीवार डाकिएको बैठक स्थगित भएको छ।
नेता राजेन्द्र महतोले ‘गृहकार्य नपुगेकाले’ बैठक स्थगित भएको बताए । अर्का नेता गङ्गानारायण श्रेष्ठले कुरा गर्दै उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्थापित गर्ने विषयमा पार्टीले एउटा धारणा बनाउन सक्ने जानकारी दिएका थिए । कतै सत्ता समीकरणलाई लिएर घर झगडा हुने भएकाले त स्थगित भएको त होइन ? महतोले हाँस्दै भने, होइन, होइन। त्यस्तो होइन ।
जसपालाई मुख खोल्न किन गाह्रो ? : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा पुनर्स्थापना भएदेखि नै ओलीको विकल्प खोजिने बताउँदै आएको छ ।उक्त पार्टीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिन सकिने बताउँदै आएका छन्। तर त्यसको निम्ति जसपाको सहयोग अनिवार्य आवश्यक हुन्छ । तर जसपाले किन मुख खोलिरहेको छैन ? महतोले माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र कांग्रेसले समर्थन नमागेको भन्दै आफूहरूले हतारो नगरेको बताए । उनले प्रश्न गरे, “हाम्रो माग तीनवटै पार्टीले पूरा नगरेकै हुन् भने हामी किन सत्ताको खेलमा लाग्ने ? आफ्ना मुद्दा सम्बोधन गराउन तीनवटै पार्टीसँग वार्ताहरू भइरहेको उनले बताए।
सत्ताको साँचो कोसँग छ ? : तर उनकै दलका नेता बाबुराम भट्टराले ट्वीट गरेका छन्, “आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है ! त्यसैले नयाँ सत्ता समीकरणको साँचो जसपाको हातमा रहेको कतिपयले ठानेका छन् । तर जसपा नेताहरूले ‘सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नलिएकाले ओलीलाई र सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार नभएकाले माओवादी केन्द्र र कांग्रेसलाई आफ्नो समर्थनको खाँचो नै नरहेको’ बताउने गरेका छन् । जसपा नेता केशव झा भन्छन्, “खास कुरा नबुझेका कारण जसपाले गर्दा नयाँ सरकार नबनेको भन्ने बुझाइ बाहिर पाइन्छ, त्यस्तो होइन । उनले आफूहरूले चाहेर केही हुने अवस्था नरहेको बताए । झाले भने, “जसले हाम्रो माग पूरा गर्छ उसलाई साथ दिने हाम्रो नीति हो । 
किन हच्किरहेको छ नेपाली कांग्रेस ?
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि कांग्रेसले ओली र प्रचण्ड दुवै पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव पाउने विश्लेषण गरिएको थियो । सत्ताको निम्ति सधैँ हतारो गर्ने भनि आलोचना खेप्ने गरेको कांग्रेस भने यति बेला सरकार गठनको निम्ति अग्रसरता लिएको देखिँदैन ।
प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ ? सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकका अनुसार सरकार बनाउन माओवादीले कांग्रेसलाई प्रस्ताव गरेको छ । तैपनि कांग्रेस सरकार बनाउन हच्किनुको कारण के हो त ? तर जसपाको समर्थनबिना सरकार बन्दैन, लेखकको विश्लेषण छ, त्यसैले सरकार बनाउने भनेर हाम फालिहाल्ने अनि नबन्ने स्थिति भयो भने कांग्रेसका लागि राम्रो हुँदैन । कांग्रेसकै कतिपय नेताहरूले भने सभापति देउवाको मौनताका कारण ओली सरकारको आयु लम्बिएको बताउने गरेका छन् ।
नेपाली कांग्रेस र जसपाले कस्तो जोखिम आकलन गरेका छन् ? तर नेता लेखकका भनाइमा नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बन्ने सुनिश्चितताको पर्खाइमा छ । अविश्वास प्रस्ताव अघि बढाउनुअघि सुनिश्चितता हेर्नुपर्ने हुन्छ, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम कांग्रेसले गर्दैन,” नेता लेखकले बताए । कांग्रेसले आफूले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा जसपाले प्रधानमन्त्रीलाई साथ दिन सक्ने जोखिम देखेको पाइन्छ । तर ओली नेतृत्वको सरकारसँग निकटस्थ खेमा हाबी रहेको भनिएको दल जसपाका कतिपय नेताहरू आफूहरूले प्रधानमन्त्री ओलीलाई साथ दिने अर्को विकल्प पनि जोखिममुक्त नरहेको बताउँछन् । विवाद बढ्दै गएर एमालेकै असन्तुष्ट समूह प्रधानमन्त्रीविरुद्ध लाग्ने अर्को सम्भावना रहेको उनीहरूको बुझाइ छ । विपक्षमा रहेका दलहरूका आआफ्नै खालका जोखिम र अविश्वासका कारण प्रधानमन्त्री ओलीको सत्तायात्रा भने लम्बिँदै गएको छ । savar