![]()
पिपुल्स न्युज सप्तरी/कैलाश माझीको रिपोर्ट
सप्तकोशी न. पा. वडा न. १० मा पर्ने गङ्गाजली खोलाको बालुवा बिगत लगभग दुई बर्ष देखि गैरकानुनी तरिकाले सप्तकोशी न. पा. नगर कार्यपालिकाको कार्यलय फत्तेपुर सप्तरी नदिजन्य पदार्थ ढुंगा गिट्टी बालुवा उत्खनन संकलन तथा निकासी कर असुली रसिद ठे. पे. वि. एण्ड एस. इ. कन्टलटेन्सी एण्ड कन्स्ट्रक्सन प्रा. लि. को भ्याट बिल बिना दर्ता नम्बरको बिल बनाएर त्यसमा सप्तकोशी न. पा. को स्टाम्प समेत लगाएर गङ्गाजली खोलाको बालुवा को कर छलि गरिरहेका छ्न । भने यो भन्दा बिगत आठ महिना अगाडि गङ्गाजली खोलाको बालुवा निकासी गुप्ता ब्रदर्स एण्ड कन्स्ट्रक्सन कंचनरुप न. पा. १ का निजि बिलबाट पनि गङ्गाजली खोला बालुवाको कर असुली गरिएको जानकारी त्यहाका स्थानीय युवाले गराएका छ्न ।
रोडमा बालुवा थुपारेर राख्नु पनि यस वडाका केही ठेकेदारहरुले
न.पा.लाई नै किनेको हो कि भन्ने देखिन्छ
गङ्गाजली खोला लगभग दुई बर्ष अगाडि देखिनै पुर्ण रुपमा बन्द गराएको छन। भने यश खोलाको बिषयका बारेमा यहाँका प्रहरी प्रशासन मेयर जनप्रतिनिधि लगायत सबै बुद्धिजिवि हरुलाइ थाहा छ। तर थाहा हुदाहुदै पनि त्यहाँका सम्पुर्ण जिम्मेवार निकायहरू सबै मौन भएर बसेका छन । जब कि यो नियम बिपरित कार्य हो आखिर यो सबै सम्बन्धित मान्छेको रोहवरमा यस्तो कार्य हुनु कतिको जायज होला यो बिना दर्ता नम्बरको फर्जी बिल बनाएर बर्सौ देखि असुली गरेको लाखौ, करोडौंको कर नगरपालिकाको कुन कोसमा कहाँ जम्मा हुदैछ होला । बिगत दुई बर्ष देखि बन्द गरेको खोला बाट पैसा र पावरको आडमा बालुवा भने दिनहु रातिको समयमा सबैको आखा छलि चोरी गरि निकालिदै गरेका छ्न। यहा पैसा र पावर भएको हुने खानेले जे पनि गर्न सक्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

पटक पटक गाडीहरु पनि प्रहरीले समाएका छ्न भने उक्त समातिएको गाडीको कार्बाही भने केही गरेको देखिएको छैन भन्ने जानकारी त्यहाका स्थानीय युवाहरूले बताएका छ्न। उक्त विषय सबैले बुजेर पनि नबुझेको जस्तो गर्छ किन कि यहाँ सबै काम सेटिङ्गमा सबै जिम्मेवार ब्याक्तीको रोहवरमा हुन्छ। भनेर त्यहाका स्थानीय युवाहरूले बताएका छ्न। यस खोला बाट गैरकानुनी रुपमा छलेर बालुवा निरन्तर निकालिएको हुदा यसलाइ तत्काल रोक्नु हुन पटक पटक नगरपालिकाका नगर प्रमुख उत्तम गौतम र वडा न. १० का वडा अध्यक्ष उचित नारायण चौधरी लगायत त्यहाका सम्बन्धित प्रहरी प्रशासन लाई समेत जानकारी त्यहाका स्थानीय युवाहरूले गराएका छ्न ।भने सडक को छेउमा बालुवा डम्पिङ गरेर जताततै राखिएको छ्न सडकको छेउमा बालुवा डम्पिङ गरेका कारण दिनहु जसो सवारी साधन दुर्घटना पनि हुनेगरेका छन ।
सडकको छेउमा बालुवा डम्पिङ गरेर नराख्नु हुन पटक पटक नगरपालिकाले सूचना निकालि आदेश पनि दिएको जानकारी नगर प्रमुख उत्तम गौतमले जानकारी गराएका छ्न। नगरपालिकाको आदेश भने ब्यवहारमा लागू नभए पेपरमै सिमित रहेको कुरा त्यहाका स्थानीयवासिले बताएका छ्न । भने यश खोला बाट दिमाक पैसा र पावर भएकोले दिनको बसि बसि १०,००० सजिलै कमाउछ्न भने त्यही ठाउमा अबुझ गरिब पैसा र पावर नभको जन्तालाइ भने दिनको १०० रुपैया कमाएर एक छाक भोको पेट भर्न पनि कठिन छ। नत ती निमुखा जनताहरुलाइ छाक टार्नका लागि नगरपालिकाले कुनै काम रोजगार पनि सृजना गरि दिएका छैन्न ।
बाल्यकालको पढने उमेरमा साना बाबू नानिहरु भोको पेट भर्नका लागि भने पढन छोडेर श्रम गरिरहेका छ्न। अब धेरै भयो हामी चुप लागेर सहेर बस्न सकदैनौ त्यसैले यो कार्य तत्काल रोक्नु हुन सम्पूर्ण त्यस् न. पा. का जनप्रतिनिधि बुद्धिजिवि समाज सेवि लगायत स. न. पा. फत्तेपुर प्रहरी कार्यलयलाइ समेत यो बिषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन र तत्काल यसलाइ रोकथाम गरि बर्सौ देखि छली गरिएको कर नगरपालिकाका कहाँ कुन कोशमा जम्मा गरिएको छन त्यस्को सम्पुर्ण विवरण सार्वजनिक गर्न समेत सप्तकोशी नगरपालिका वडा न. १० र ११ का युवाहरूले माग गरेका छ्न । साथसाथै केही पैसाको लोभ लालचको कारनले यस्तो गैर कानुनी काम नगर्न पनि सबैमा त्यहाका स्थानिय युवाहरुले अनुरोध गरेका छ्न।
थप जानकारीका लागि तलको भिडियो हेर्नुस