भ्रष्टाचारलाई अपराध ठान्दै गोइत समुहद्वारा सिरहामा गरिएको खबरदारी कार्वाही : कैलाश माझी/सप्तरी

Loading

पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट :

आइतबार दिउँसोको लगभग १ बजे तिर सिरहा जिल्लाको लहानस्थित मालपोत कार्यालयमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले बम बिस्फोट गराएका छ्न। घटनालगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको जिम्मेवारी लिएका छन्। घाइते हुनेहरुमा मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ नगरपालिका वडा न. १३ का भोला बहादुर पाछे मगर, सोही नगरपालिका ४ का दिनेश कुमार भण्डारी, गोलबजार नगरपालिका ४ कि फुल कुमारी ठाकुर,सोही नगरपालिका ६ कि बेचनी मगर, लक्षमि नारायण मगर, लहान नगरपालिका १६ तरेगना का लाल बहादुर बिक र भगवानपुर ३ का बद्री नारायण यादव रहेका छन् ।

मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार,अन्याय, अत्याचार बलात्कार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जानकारी गोइतले गराएका छन्। आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पणसमेत गरेको प्रहरीले जनाएको छ। विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । भने आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थलमा पुगेको थियो भने उक्त घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले बताएका छन ।

Leave a Comment