![]()
पिपुल्स न्युज /कैलाश माझीको रिपोर्ट :
सिराहा आइतबार दिउँसो १ बजे लहान स्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बम विस्फोट गराउनेको पहिचान भने खुलीसकेको छैन । बम विष्फोटनमा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले जानकारी दिएका छ्न । विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजातहरु जलेर नष्ट भएका छन् । आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थलमा पुगेक थियो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन ।



