![]()
शुक्रवार नेकपा एमालेले आफ्नो केन्द्रीय सदस्य बनाएका नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई माओवादीले आफ्नो धार स्पष्ट पार्न भनेको अवस्थामा अधिकांश नेता एमालेमै रहने मनस्थितिमा पुगेको बुझिएको छ ।
पिपुल्स न्युज डटकम काठमाण्डौ :
उनीहरूले आफूहरू ‘वैचारिक रूपमै’ प्रचण्डसँग टाढिएकाले अब माओवादीमा ‘फर्केर राजनीति गर्ने अवस्था नरहेको’ बताएका छन् । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरूलाई पनि तत्काल फिर्ता आउन निर्देशन दिएको छ । तर अधिकांश मन्त्रीहरूले आफूहरू एमालेमै रहने बताएका विवरणहरू प्रकाशमा आइरहेका छन् । गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशङ्कर चौधरी हाल एमाले नेतृत्वको सरकारमा छन् ।
यीमध्ये थापा राष्ट्रियसभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । प्रचण्ड : माओवादी नेता झपटबहादुर बोहरा आधिकारिक रूपमा पार्टीको निर्णय थाहा नपाएको तर गत पुस २२ गते नै आफ्नो कित्ता प्रस्ट पार्दै मन्त्री पदसमेत त्यागेको बताउँछन् । “त्यसकारण अहिले भइरहेका कुराले कुनै माने राख्छ जस्तो मलाई लाग्दैन। पत्र प्राप्त भएपछि प्रत्युत्तर लेखेर पठाइन्छ,” उनले भने । पार्टीले कारबाही समेत गर्ने बताएका अवस्थामा के गर्नु हुन्छ भन्ने प्रश्नमा उने भने, “मन्त्री पद छोडेको मान्छेलाई सांसद पद त गौण नै भयो नि ।
भनेपछि माओवादी फर्कने कुनै पनि सम्भावना नरहेकै हो त ? हालसालै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको भूमिकामा रहेका बोहरा भन्छन्, “म आएँ के का लागि? जानुपर्ने के का लागि। आखिर जनताको अदालतमा त मैले पनि त्यो कुरा छिनोफानो गर्नुपर्ला नि त । राजनीतिमा यस्ता अवस्था स्वाभाविक हुने र बाहिर भइरहेका विभिन्न टीकाटिप्पणी सारमा आधारित नरहेर वस्तुगत मात्रै रहेको उनी बताउँछन् ।
कम्युनिस्ट आन्दोलनमा जुन खालको विभाजनको स्थिति देखापर्यो त्यसमा हाम्रा अध्यक्ष प्रचण्डले लिएको लाइनमा वैचारिक रूपमै हाम्रा कतिपय विमति छन्। उहाँले गठबन्धन बनाउने, अङ्क जोड्ने र ‘पावर गेम गर्ने’ रणनीति तयार पार्ने हुँदा त्योसँग हाम्रा राजनीतिक विमति छन् माओवादीबाट नेकपा एमालेतिर लागेका नेता धर्मराज रेग्मीले भने।
प्रधानमन्त्री ओली : नेकपाको विभाजन संविधान र कानुनमा भएका व्यवस्थाले कल्पना गरेकोभन्दा बाहिरबाट भएको रेग्मी बताउँछन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीबाटसमेत नेताहरू निर्वाचित भएका छन् । “सूर्य चिह्नबाट राष्ट्रियसभामा पुग्नुभएका नारायणकाजी श्रेष्ठ हुनुहुन्छ, रामबहादुर थापा हुनुहुन्छ । दुवै पार्टीमा यताउता प्रतिनिधिहरू छन् । दलको विभाजन असामान्य ढङ्गबाट भएको छ ।
त्यसो हुँदा संवैधानिक राजनीतिक र कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ भनेर दुई पार्टीले छलफल, गृहकार्य पनि गर्न सकिन्छ । अन्यथा हाम्रो हातमा त संवैधानिक, राजनीतिक र कानुनी रूपमा केही भैपरि आउने समस्याहरूको समुचित प्रतिवाद रहन्छ, उनले भने । आधिकारिक रूपमा पार्टी निर्देशन प्राप्त भएपछि पार्टी र सम्बन्धित प्रतिनिधिको हकमा कानुन कसरी लागु हुन्छ भन्ने विषयहरू हेरेर राजनीतिक, संवैधानिक र कानुनी दायित्वहरू पूरा गर्ने उनी बताउँछन् । BBC