जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समिती शाखा जापानमा : कैलाश माझी, सप्तरी

Loading

पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट : अन्याय ,अत्याचार,बिकृती र बिसङ्गगति, सुशासन,महिला हिंसा, भ्रष्टाचार बिरुद्धको सुचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान” भन्ने मुल नाराको साथमा स्थापित जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितीले जापानमा पनि आफ्नो शाखा समिती गठन गरेको छ। प्रवास केन्द्रीय समिती संयोजक सन्तोष तिमल्सिनाको अध्यक्षता हिजो बसेको अन्लाईन बैठकबाट सुरेन्द्र शाही ज्युको संयोजकत्वमा ५ सदस्य समिती गठन गरिएको छ ।
उक्त समितीमा सह-संयोजक अमृत के. सी., सदस्यसचीव शिव खत्री, कोषाध्यक्ष-भोजु शाही . र प्रवक्ता- लक्ष्मण के.सी. रहेको ५ सदस्य समिती गठन भएको छ। जागौँ नेपाल प्रवास समिती जापान गठन सङ्गसङ्गै  १०भन्दा बढी देशहरु समिती गठन भैसकेको र क्यान्डा, अस्टेलिया.पोरचुगल कोरिया छ्लफल भैरहेको र लगायतमा  अन्य देशमा छिटै नै समिति गठन गर्ने कुरा प्रबास संयोजक सन्तोष तिमल्सिनाले जानकारी  गराउनु भएको थियो भने उक्त समितीलाई  बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम प्रबास सचिब  सरस्वती खनाले गर्नु भएको थियो  ।
 उक्त कार्यक्रम प्रवास केन्द्रीय सचीव सरस्वती  खनाल ज्यु ले सहजीकरण गर्नु भएको थियोे।सोही अबसरमा खनालले सबै समुदायलाई समेटेर बिश्व भरि बस्नुहुने साझा नेपालीहरुको संगठन जागौं नेपाल  बनाउने कुराको उदघोस गर्नु भएको थियो भने अन्तमा आफना भनाइ समग्रमा राख्दै समुन्नत नेपाल,भ्रष्टाचार मुक्त समाज,बिकशित र शान्तिपुर्ण देश बनाउन कुनै बिना सशस्त्र आन्दोलन,तोडफोड,आगजनी र बिना कुनै क्षति पनि भ्रष्टाचार मुक्त बिकशित मुलुक बनाउन सकिन्छ भन्दै प्रबाँस संयोजक सन्तोष तिमल्सिनाले नवगठित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको  थियो ।

Leave a Comment