![]()
पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट :
मोरङ विराटनगरका औसधि फार्मेसी अधिकृत सरोज सुवेदी नगद रु. २ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी मिति २०७७-११-१३ गते बिहिवार दिउँसोको समयमा सेवाग्राहीसँग २ लाख घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई सुनसरी, इटहरीको टोलीले अधिकृत सुवेदीलाई विराटनगर महानगरपालिका वडा न. ३ का एक दुधफारमको भट्टराई होटलबाट सेवाग्राहीसंग नगद रु. २ लाख घुस लिदै गरेको अवस्थामा होटल बाट बिहीबार दिउँसो अधिकृत सुवेदीलाई घूससहित इटहरीको अख्तियार टोलीले पक्राउ गरेका छन ।
