सिरहा : शिक्षकहरुले तलब नपाउँदा विद्यालयमा गरे तालाबन्दी : कैलाश माझी

Loading

पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट :

 

प्रदेश न. २ : जिल्ला, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न. ५ खरुक्याही स्थित श्री जनता माध्यमिक विद्यालयमा पढाउदै आएका शिक्षकहरुलाई तत्काल तलब उपलब्ध गराउन माग गर्दै तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण बिद्यालयको पठनपाठनमा पनि उच्च प्रभाव परेको छ । लगभग बिगत एक वर्षदेखि आफ्ना स्कुलमा पठनपाठन गराउदै आएका शिक्षकहरुले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा गइ तालाबन्दी गरेका छ्न । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत बर्षको चैत महिना देखि स्कुल बाट कुनै पनि तलब सुविधा नपाएको भन्दै शिक्षकहरुले उक्त स्कुलमा पठनपाठन बन्द गरेपछि सो स्कुलका विद्यार्थीहरुले पनि शिक्षकहरुको समर्थनमा स्कुल तालाबन्दी गरेको भन्दै उक्त स्कुलमा अध्यनरत कक्षा १० मा पढने विद्यार्थी अंशु यादवले जानकारी गराएका छ्न । बिद्यालय तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन पनि अवरुद्ध भएको छ । यता विद्यालयका प्रधानाध्यापक अरुण कुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकामा पटक पटक लिखित निवेदन दिदा पनि गाउपालिका बाट कुनै सम्बोधन नगरेको गुनासो गरे ।  शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिका सँग समन्वय भइरहेको र छिट्टै शिक्षकहरुलाई तलब उपलब्ध गराउने जानकारी लक्ष्मीपुर पतारी वाड न. ५ का वडाध्यक्ष महेन्द्र साहले गराउनुभएको छ ।

Leave a Comment