![]()
नेकपा प्रचण्ड–माधव समूहद्वारा जसपासँग सहकार्यको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच बिहीबार छलफल भएको हो । छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्न नेकपा प्रचण्ड–माधव समूहले प्रस्ताव गरेको महतोले बताए । जसपा नेताहरूले प्रचण्ड–माधव समूहको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेको महतोले बताए । आफूहरूले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको उनले जानकारी दिए । उनले भने,‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुरा राख्नुभयो । हामीले के जिज्ञासा राख्यौं भने तपाईको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो, त्यो के हो ? तपाईहरूले राखेका सबै कुरा हाम्रो पार्टीको बैठकमा राख्छौँ । जसपा नेताहरूले पटक–पटक आफुहरूले गरेको सहमतिमा धोका खाएको स्मरण गराएका थिए । जसपा नेताहरूले आफ्नो पार्टीका सांसद रेशम चौधरीलगायतका नेताहरू अझै पनि बन्दी जीवन बिताइरहेको भन्दै रिहाइका लागि संघर्ष गरिरहने बताएका थिए । महतोले भने ‘हाम्रा आन्दोलनकारीसाथीहरू, निर्वाचित सांसद रेशम चौधरीलगायतले अहिले पनि बन्दी जीवन विताउनुपरेको छ । यी सवालहरू छन । यी समस्याहरू छन् । त्यसैले आगामी यी सवालहरू प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौँ । संविधानमा रहेका त्रुटिहरू, कमिकमजोरीहरू र बन्दी रिहाइका सवालहरूसमेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौँ । आजको नयाँ पत्रिकामा
