प्रचण्ड-नेपाल स्थायी कमिटी: ओली समूहका नेतालाई आफूहरूतिर आउन आह्वान

Loading

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल स्थायी कमिटीको केहीबेरअघि सम्पन्न बैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णय ‘ऐतिहासिक’ ठहर गरेको छ । काठमाण्डूको पेरिसडाँडामा सम्पन्न बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापित मात्रै गरेको छैन, संविधान र लोकतन्त्रको रक्षा पनि गरेको छ ।  र यसले देशलाई प्रतिगामी षड्यन्त्रको ठूलो चक्रव्यूहमा राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्‍याएको छ । उनका अनुसार बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान पनि गरेको  छ । पार्टीका जति कमरेडहरू भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको छ ती सबै साथीहरूलाई मूल पार्टीमा नै फर्केर आ-आफ्नो जिम्मेवारी लिन पनि हामीले आह्वान गर्ने निर्णय गरेका छौँ  श्रेष्ठले थपे ।

असफल :

त्यस्तै बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द समेत गर्ने निर्णय गरेको छ । आफूहरू गरेको आन्दोलनमा सहयोग गरेकोमा र सहभागिता जनाएकोमा सो समूहको बैठकले सम्बन्धित सबैमा आभार प्रकट गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । “प्रतिगामी कदमलाई तत्काल असफल पारिए पनि त्यस प्रकारका गतिविधिविरुद्ध सचेत भइरहनुपर्ने आवश्यकतामा पनि पार्टीले जोड दिएको छ,” श्रेष्ठले थपे । नयाँ सरकार गठनको विषयमा बैठकमा छलफल भए वा नभएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आफूहरूले भनिसकेको उल्लेख गर्दै संसद्‌ अधिवेशनपछि आवश्यक कदम चालिने बताए । अदालतकै फैसलाअनुसार छिट्टै प्रतिनिधिसभाको बैठक बस्दैछ ।  प्रतिनिधिसभाको बैठकबाट संविधानअनुसार नै अरू प्रक्रिया अगाडि बढ्छ । नेकपाको प्रचण्ड-नेपाल समूहले आजै संसदीय दलको बैठक पनि बोलाएको छ । savar link

Leave a Comment