सप्तरीबाट लागू औषध सहित मोरङका तीन युवाहरू पक्राउ : कैलाश माझि/सप्तरी

Loading

People’s News/Saptari : जिल्ला सप्तरीका सशस्त्र प्रहरी टोलीले भारतको कुनौलि बोर्डर नाकाबाट लागू औषध ओसारपसार गरि ल्याउँदै गरेका तीन जना युवकहरुलाई सप्तरीका सशस्त्र प्रहरी टोलिले पक्राउ पारेका छन । भारतको कुनौली बोर्डर नाकाबाट मोरङका तिनजना युवाहरू लागू औषध बोकेर आउँदै गरेका बेला उनिहरुलाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. १ बेल्हीबाट मिति २०७७/११/१० गते सोमबार प्रहरीले पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी गराउँनु भएका छन ।

पक्राउ पर्नेहरुमा जिल्ला मोरङका पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र २५ बर्षिय करण तामाङ पक्राउ परेका छन् । उनीहरुको साथबाट फेनारगन इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन ११ थान र लिजेसिक इन्जेक्सन १० थान बरामद भएको प्रहरीले बताउनुभएको छ । उनिहरुलाइ थप अनुसन्धान गर्नका लागि प्रहरी चौकी तिलाठी कोइलाडिको जिम्मा लगाइएको सशस्त्र प्रहरी सिमा चेक आउट पोष्ट बीओपी तिलाठीले जानकारी दिनुभएको छ । पिपुल्स न्युज सप्तरी बाट कैलाश माझिको रिपोर्ट……..

 

 

 

Leave a Comment