फत्तेपुरमा योग शिविर शुरु : नवीन कुमार ढकाल/सप्तरी

Loading

People’s News/नवीन कुमार ढकाल सप्तरी : मिति २०७७/११/१० : दिब्य डाकिनि योग मन्दिर सप्तकोशि नगरपालिका ५ द्ववारा आयोजित ५ दिने निशुल्क प्राण योग विज्ञान शिविर सोमबार गङ्गाजलिको गौचरणमा शुरु भएकोछ । योग गरौं डटेर कोरोना जान्छ हटेर, गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ आयोजित उक्त योग शिविरको बिधिवत उदघाटन दिप प्रज्जवलन गरेर प्रमुख अतिथि सप्तकोशि नगर पालिकाका मेयर श्री उतम कुमार गौतम ज्युले गर्नुहुदैं, योगले शरीर मात्र स्वस्थ्य नभई सारा जगत नै स्वस्थ्य हुन् बताउनु भयो । अस्पताल गएर समय र पैसा खर्च गरेर होईन दिनको १ घण्टा योगमा खर्च गरेर आफु आफनो परिवार र नगरनै योगमय बनाउँनमा हामी सबै लागनु पर्नु पर्नेमा जोड दिनुभयो । साथै आउँदो साल नगर स्तरीय योग भवन यसै वडामा बनाउने प्रतिबद्वता ब्यकत गर्नुभयो । यसैगरि सोहि वडाका वडाध्यक्ष दिपक प्रसाद लेखिले शुभ कमाना दिनुहुँदैं आउँदो साल देखि यसै वडामा योग भवन बनाउँनेमा वडाले सक्दो सहयोग र पहल गर्ने जानकारि दिनुभयो ।

 

यसैगरि सप्तकोशि नगर योग समितका अध्यक्ष शुरेश चौधरीले स्वागत मन्तब्य दिनुहुदैँ सहभागिहरुले आफु सिकेर ब्यबहारमा उतार्नेमा आफु बिस्वस्त रहेको जानकारि दिनुभयो । यसै ठाँउमा ३ पटक सम्म योग शिविर सन्चालन गरिसकेकाले धेरै जनाले सिकिसकेको बताउनुभयो । कार्यक्रम्मा योग प्रदेश प्रभारि हरिहर चौधरि, कोषाध्यक्ष रिता चौधरी, जिल्ला अध्यक्ष राम स्वरुप चौधरी, सङ्गठन मन्त्री पविता चौधरी, मिडिया प्रभारि राजकुमार पण्डित , योगेश यादवको उपस्थितमा सहभागिहरुलाइ योग सिकाईएको थियो । यता आफ्नै घर आगनमा योग शिविर आएकोमा स्थानिय तथा छिमेकि वाडाका साना साना नानि तथा ज्येष्ठ नागरिकहरु निर्धारित समय अर्थात बिहान ४ बजे नै योगासन लिईर योग शिविरमा पुगेका थिए । सप्तकोशि नगरपालिका र वडा नं ५ ले उक्त योग शिविरको प्रायोजक गरेको सो कार्यक्रम को सभापतित्व आयोजक संस्थाका अध्यक्ष गोसाइ चौधरीले गर्नुभएको थियो । कार्यक्रम सन्चालन कमल कान्त चौधरिले गर्नु भएको थियो । यता योग स्थानमा सहभागिहरुलाई सहज र सजिलोहोस भनेर बस तथा बाईक स्टेन, बिजुलि बति सङ्गितमय सिस्टम र सित छेकेनका लागि अस्थायी छाना लगाईएको छ भने, बलार्दह चौक देखि योग शिविर सम्म जाने बाटो सम्म्यई बाटामा पानिसमेत छेपिएकोछ ।

Leave a Comment