![]()

पिपुल्स न्युज सप्तरी सम्बादाता कैलाश माझी : जागौँ नेपाल राष्ट्रिय अभियान प्रवास समितीले युके (बेलायत) मा पनि आफ्नो शाखा गठन गर्ने क्रममा संयोजक तोकेको छ । प्रवास केन्द्रीय समिती संयोजक सन्तोष तिमल्सिनाको अध्यक्षता 21 फेब्रुअरी 2021 मा बसेको अन्लाईन बैठक मार्फत श्री राम चन्द्र खनाल ज्युलाई संयोजक तोक्नुका साथै बाकी कार्यसमिति बिस्तार गर्ने जिम्मेवारी समेत दिइएको छ। बौद्धिक,सामाजिक,एन आर एन ए पर्चुगलका प्रवक्ता हाल युके निवासी श्री राम चन्द खनाल ज्युलाई जागौं नेपाल राष्ट्रिय अभियान युके शाखा संयोजक ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं नेपाल प्रवास समिती बेलायत गठन सङ्गसङ्गै अन्य देशहरु क्यान्डा अस्टेलिया जापान लगायतमा छिटै नै समिति गठन गर्ने कुरा प्रबास संयोजक सन्तोष तिमल्सिनाले जानकारी गराउनु भएको थियो भने संयोजक ज्युलाई बधाई तथा शुभकामना प्रबास सचिब सरस्वती खनाले दिनुभएको थियो। संयोजक बनाउनमा कतार शाखाका सदस्य सुबास श्रेष्ठको उल्लेखनीय भुमिका रहेको थियोे ।
उक्त कार्यक्रम प्रवास केन्द्रीय सचीव सरस्वती खनाल ज्यु ले सहजीकरण गर्नु भएको थियोे । सोही अबसरमा खनालले सबै समुदायहरुलाई समेटेर बिश्व भरि बस्नुहुने साझा नेपालीहरुको संगठन जागौं नेपाल बनाउने कुराको उदघोस गर्नु भएको थियो भने अन्तमा आफ्ना भनाइ समग्रमा राख्दै समुन्नत नेपाल,भ्रष्टाचार मुक्त समाज,बिकशित र शान्तिपुर्ण देश बनाउन कुनै बिना सशस्त्र आन्दोलन,तोडफोड,आगजनी र बिना कुनै क्षति पनि भ्रष्टाचार मुक्त बिकशित मुलुक बनाउन सकिन्छ भन्दै प्रबाँस संयोजक सन्तोष तिमल्सिनाले नव नियुक्त संयोजक ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।