डा. बाबुराम भट्टराई उडे दिल्ली

Loading

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् । पेटमा समस्या देखिएपछि उनी लामाे समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरी सल्लाह दिए अनुसार उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्। दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने बताइएकाे छ

Leave a Comment