![]()

![]()
Peoples News : काठमाडौँ — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ । हड्तालका क्रममा दाहाल-नेपालसहित नेकपाका शीर्ष नेता नै सडकमा उत्रिएका छन् ।दाहाल–नेपाल समूहका कार्यकर्ताले सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । केही ठाउँमा नेकपा कार्यकर्ताले गाडी, मोटरसाइकलसमेत जलाइदिएका छन् । त्यस्तै कोटेश्वर चोकमा सडकछेउमा खाना पकाएर बन्द गराउनेलाई खाना पनि वितरण गरिएको थियो । प्रदर्शनकारीले कोटेश्वरको सडकमै बसेर खानासमेत खाएका थिए । कोटेश्वरमा खानाको प्रबन्ध मिलाउनेमा दाहाल-नेपाल पक्षका नेता तथा वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललगायत नेता–कार्यकर्ता थिए ।
![]()