![]()
Peoples News काठमाडौँ — सञ्चारमाध्यमहरुमा ‘राजपा सांसद राजेन्द्र महतोको नागरिकता रद्द’ भएको समाचार आएपछि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आपत्ति जनाएका छन् । सोमबार संसदमा विशेष समय लिएर बोल्दै सांसद महतोले यसबारे खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाएका छन् । सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो भन्ने विषय स्पष्ट रुपमा नखुलाउँदा सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको उनले बताए।
सरकारले भ्रमको खेती गर्न थालेको नेता महतोको भनाइ छ। ‘सरकारले जानकारी दिँदा प्रस्ट रुपमा ठेगानासहित उल्लेख गरेर जानकारी दिनुपर्थ्यो। भ्रम छरेर म विरुद्ध गलत प्रचारप्रसार भएको छ,’ महतोले भने, ‘कुन राजेन्द्र महतो हो भनेर नेपाल सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा ठेगाना उल्लेख गर्नुपर्थ्यो। भ्रमको खेती गर्न खोजेको देखियो।’
उनले सरकारले माफी माग्नुपर्ने बताउँदै भने, ‘सरकार यस्ता विषयहरुमा संवेदशील हुनुपर्छ।’ savar kantipur dally