कालोकोटेको कालो कर्तुत

Loading

Peoples News काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ। तत्कालिन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई स–साना टुक्रा बनाएर बेचेको पाइएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ। आजको कान्तिपुर दैनिकमा उनले यसो भनेका छन् :‘फी बाँकी थियो, जग्गा लिएर बेचेको हुँ’२०६० सालदेखि २०६४६५ सम्म म भाटभटेनी डिपार्टमेन्ट स्टोरमा कानुनी सल्लाहकार थिएँ ।

त्यस्तो लिखित रुपमा त थिएन तर मीनबहादुर गुरूङ खोटाङकै हुन् ।मेरो गाउँले पनि भए । म भर्खरै क्यानडाबाट एलएलएम गरेर आएको थिएँ । त्यसबेला मैले केही कानुनी सहयोग गरेको हो । त्योदेखि बाहेक अरु केही होइन । त्यो बेला कानुनी पाटो हेर्दा आफ्नो ‘फी’ को पनि कुरा थियो ।अलिअलि पैसा लिनु थियो । सँगै भएका बेला उनीसँगै धेरै मान्छेले जग्गा लिएको हुनाले मैले पनि लिएँ । पछि त्यहाँ बाटो छैन, के छैन, त्यो राखेर पो के गर्ने भन्ने भएपछि एक/दुई वर्षमै बिक्री भइहाल्यो ।जति टुक्रा थियो, त्यति नै बिक्री गरेको हो ।

पछि उनले नै टुक्रा गरेर बेचेका हुन् । त्यतिबेला जग्गाको पृष्ठभूमि केही थाहा थिएन । मीनबहादुर व्यापारिक पृष्ठभूमिको मान्छे भएकाले नाफा होला भनेर लगानी गरेको हो ।बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति सुद्धीकरण विभाग र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले अध्ययन अनुसन्धान गरिरहेका छन्। भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार रेग्मीले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा खरिद गरी विभिन्न व्यक्तिलाई बिक्री गरेको अभिलेखबाट देखिएको छ। savar

Leave a Comment