हिड्स नेपालको प्रथम बार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम सम्पन्न :

Loading

हिड्स नेपालको प्रथम बार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम सम्पन्न ।

सुशील आचार्य ।

गत माघ 10 गते काठमाडौ जिल्लाको उत्तरी भेगमा पर्ने तारकेश्र्वर नगरपालिका वडा नं 4 मा केन्द्रिय कार्यालय रहेको स्वास्थ्य शिक्षा वाताबरण तथा कृषि विकास समाज नेपाल ( हिडस नेपाल ) ले आफ्नो बार्षिक साधारण सभा तथा सो संस्थाको प्रथम बार्षिक साधारण सभाको पुनित अबसरमा रक्तदान कार्यक्रम पनी सफलतापूर्बक सम्पन्न गरेको छ । तारकेश्र्वर नगरपालिका वडा नं 5 लोलाङ बसपार्क बोहराटारमा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथीमा तारकेश्र्वर नगरपालिकाको उप प्रमुख भबानी डोटेल धिताल रहनु भएको थियो भने सो कार्यक्रमको संचालन आयोजक संस्थाकै अध्यक्ष राजेन्द्र अर्यालले गर्नुभएको थियो ।

यसैगरी सोहि संस्थाकै बार्षिक साधारण सभाकै अबसरमा उक्त दिन नै रक्तदान कार्यक्रमको पनी आयोजना गरिएको थियो भने उक्त कार्यक्रममा 45 जनाले रक्तदान गर्नुभएको थियो । उक्त कार्यक्रमहरू बिहान 10 :00 बजे संचालन भएर दिउँसो 2:30 बजे सम्पन्न भएको थियो भने आयोजक संस्थाका अध्यक्ष तथा सो कार्यक्रमका संचालक राजेन्द्र अर्यालले अब सो कार्यक्रममा सहयोग गर्ने तथा रक्तदान गर्ने सबैजनालाई उपयुक्त समयमा एक बिशेष कार्यक्रमको आयोजना गरेर सम्मान – पत्र प्रदान गरिने कुराको पनी जानकारी गराउनु भएको थियो ।

Leave a Comment