![]()
केही बर्ष गुमनाम लोडसेडिङ पुनः फर्कियो [तालिका सार्वजनिक ]
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई पुनः नियुक्ति नगरेर विवाद बनेको नेपाल विद्युत् प्राधिकरणले अन्ततः जुम्ला वितरण केन्द्रबाट लोडसेडिङ तालिका सार्वजनिक गरि पुरानै शैली ल्याउन लागेको हो ।
प्राधिकरणले टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे ९ बजेदेखि मध्यराति १२ बजेसम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणको सूचना जारी गर्दै सो उल्लेख गरेको हो ।

यसैगरी विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ।
जारी सूचनामा जनाइएअनुसार अब हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ। पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ। देश नै लोडसेडिङमुक्त भएको अवस्थामा जुम्लामा भने प्राधिकरणले तालिका नै सार्वजनिक गरेको छ।