मासिक एक सय अभियानको स्वेटर वितरण कार्यक्रम सम्पन्न ।

Loading

 

मासिक एक सय अभियानको स्वेटर वितरण कार्यक्रम सम्पन्न ।

काठमाडौ पौष 28 गते काठमाडौ जिल्लाको उत्तर पुर्बि भेगमा पर्ने गोकर्णेश्र्वर नगरपालिका वडा नं 8 मा अबस्थित मासिक एकसय अभियान नामक एक सामाजिक संस्थाको सहयोगमा गोकर्णेश्र्वर नगरपालिका वडा नं 1 मुलखर्क , सुन्दरिजलमा अबस्थित ईश्र्वरी आधारभूत बिद्यालयमा अध्ययनरत 137 जना बिद्यार्थिहरूलाई स्वेटर बितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

मासिक एकसय अभियान बाटै त्यस संस्थाबाट नै प्रतिनिधित्व गरि गएका 9 जनाको टोलीले जाडोको मौसमबाट त्यस बिद्यालयमा अध्ययन गर्ने बालवालिकाहरूलाई चिसो बाट बचाउँनकालागि गरिएको सो कार्यक्रममा त्यसै बिद्यालयमा अध्ययनरत बालवालिकाहरूलाई स्वेटर बितरण गरेको थियो । जुन कार्यक्रमको सभापतिमा त्यसै स्कुलका प्रधानाध्यापक मधु सिंखडा तथा त्यसै कार्यक्रमका प्रमुख अतिथिमा उक्त कार्यक्रमकालागि सहयोगी संस्था मासिक एकसय अभियानका अध्यक्ष संजय पोखरेल रहनु भएको थियो ।

 

यसै गरि सो कार्यक्रममा स्वेटर बितरण गर्ने क्रमलाई अगाडी बढाउँनकालागि आ – आफ्नो मन्तब्य राख्ने क्रममा मासिक एकसय अभियानका तर्फबाट सोहि संस्थाकै सचिब सिमा नेपाल तथा सह – सचिब बिकास श्रेष्ठले सो संस्थाले आफ्नो स्थापना काल देखी हाल सम्म भए गरेका कार्यहरूको बारे आ – आफ्नो मन्तब्य राख्नु भएको थियो । यसैगरी सो कार्यक्रमका प्रमुख अतिथि संजय पोखरेलले पनी आफु र आफ्नो संस्थाले त्यस बिद्यालयका बालवालिकालाई केहि सहयोग गर्न पाएकोमा आफुलाई धेरै नै खुशी लागेको कुरा बताउँदै त्यस कार्यक्रममा सहभागी भएका वालबालिकाहरूलाई धेरै पढेर शिक्षित बनी अशल मार्गमा लाग्नुपर्छ भनी उत्प्रेरणा जगाउँनु भएको थियो भने सो कार्यक्रमको अन्त्य गर्ने क्रममा मासिक एकसय अभियानले आफ्नो बिद्यालयमा नै आएर बालवालिकालाई धेरै सहयोग गरेकोले सहयोगी संस्था लाई धेरै धेरै धन्यबाद दिंदै त्यस बिद्यालयका प्रधानाध्यापक तथा सोहि कार्यक्रमका सभापति मधु सिंखडाले आफु पनी मासिक एकसय अभियानले सामाजिक सेवाको क्षेत्रमा गरेको कामको प्रशंशा गर्दै आफु पनी सो कार्यमा सहयोगी बन्नकालागि सोहि समयमा नै संस्थाको बार्षिक सदस्य बन्ने घोषणा गरि एक बर्षकालागि एकमुष्ट सदस्यता शुल्क रू. 1200 रूपैयाँ संस्थाका अध्यक्ष संजय पोखरेललाई प्रदान गर्नुभएको थियो भने उक्त कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्नकालागि आबश्यक संयोजन सोहि बिद्यालयका शिक्षक माधब फुयाँलले गर्नुभएको थियो ।

Leave a Comment