![]()
नेकपामा शक्ति संघर्ष । जनतालाई पेटको चिन्ता नेतालाई गुटको चिन्ता । ओलिलाई प्रचण्ड पिरो – प्रचण्डलाई ओलि, माधव प्रयोग मात्रै ?
वर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध आएको प्रस्ताव सम्बन्धमा स्थायी कमिटीले विवेकपूर्ण निकास दिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय धुम्बाराही गेट वरपर अनि सडक छेउमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चहलपहल बढाएको थिए। प्रहरीले यतिसम्म कडाइ गरेको थियो कि कार्यालयको गेटसम्म समेत जान कसैलाई दिइएको थिएन। प्रहरीद्वारा तालिमप्राप्त कुकुरहरू पनि परिचालन गरिएको थियो।बैठक स्थल वरपर स्यानिटाइजर स्प्रे समेत लगिएको थियो। पार्टी स्थायी कमिटीको बैठक शुरु भएपछि लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्तावले पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथा पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको जनाउनुभएको छ ।

आइतबार प्रधानमन्त्री बैठकमा नआउने भनेर सञ्चारमाध्यमलाई जानकारी आउँदासम्म सुरक्षाकर्मी निकै घटेका थिए। “पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानूनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरुसमेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु ओलिले भने । नेपाल कम्युनिस्ट पार्टीलाई सहज र स्वस्थ एवं पूर्ववत् वातावरणमा फर्काउने हो भने सो लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ ”, अध्यक्ष ओलीको पत्रमा भनिएको छ, “एकीकरणका बाँकी औपचारिक काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड-१९ विरुद्धको देशव्यापी लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु, ओलिको तर्क छ ।”
आइतबार बसेको बैठकमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले उक्त ओलिको पत्र वाचन गरेर सुनाउनुभएको थियो । प्रधानमन्त्री एवं कार्यकारी अध्यक्ष ओलीले आफूलाई आरोप लगाइएको पत्रका बारेमा हुने छलफलमा सहभागी हुन आफू नचाहेको तर परामर्श र सहमतिबाट निर्दिष्ट गरिएको कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा सक्रिय सहभागिता रहने स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीले महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ओलीको पत्रमा भनिएको छ, “मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्र्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।” कार्यकारी अध्यक्ष ओलीले आफूलाई स्थायी कमिटीका सदस्यको सामूहिक विवेकमाथि विश्वास रहेको जनाउँदै गतः भदौ २६ गते उक्त कमिटीले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराएको पनि स्मरण गर्नुभएको छ । यद्यपि नेकपा विवाद टुंगो लाग्ने दिशामा भने गएको देखिदैन ।