“द कपिल शर्मा शोमा  सिद्धू फिर्ता हुने व्यापक अनुमान “

Loading

“द कपिल शर्मा शोमा  सिद्धू फिर्ता हुने व्यापक अनुमान “

छिमेकी मुलुक भारतका चर्चित हास्यकलाकार कपिल शर्माको टिभी शो द कपिल शर्मा शोमा एकपटक पुनः परिवर्तन देख्न सकिने भएको छ । उक्त चर्चित कार्यक्रममा नवजोत सिंह सिद्धू फेरि कार्यक्रममा फिर्ता हुने  अनुमान भारतका थुप्रै मिडियाले गरेका छन् ।

 

गत बुधबार कपिल शर्मा र नवजोत सिंह सिद्धूको औपचारिक भेटघाट भएको थियो । यसका केही तस्बिर शर्माले पनि  सोसल मिडियामा राखेका थिए र त्यो तस्बिर पनि  चर्चाको विषय बनेको छ । वास्तवमा, बुधबार कपिलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर सेयर गरेका छन् जसमा उनी नवजोत सिंह सिद्धूको घरमा खाना खाइरहेको सुन्दर तस्बिरहरु देखिएका छन् । दैनिक भास्करमा प्रकाशित एक खबर अनुसार नवजोत सिंह सिद्धूको कार्यक्रममा पुनः फिर्ती हुनसक्ने प्रष्ट देखिएको छ । 

उक्त स्रोतका अनुसार हास्यकलाकार  नवजोत सिंह सिद्धूलाई शोमा फिर्ता ल्याउनका लागि कपिल बुधबार अमृतसरस्थित उनको घरमा औपचारिक  भेटगर्न  गएका थिए जहाँ दुबैले यो मुद्दामा कुराकानी पनि गरेका थिए भन्ने स्रोतले जनाएको छ  ।

सबैलाई सम्झना  रहोस्, गत वर्ष पुलवामामा भारतीय जवानमाथि भएको हमलामा नवजोत सिंह सिद्धूले पाकिस्तानको बचाउ गर्ने बयान दिएका थिए । यसले निकै विवाद निम्त्याएको थियो तसर्थ उनी कपिल शर्मा शोबाट बाहिरिएका थिए । हाल नवजोत सिंह सिद्धूको कुर्सीमा अर्चना पूरना सिंह आसिन छिन् । 

Leave a Comment