कोठा भाडामा बस्नेहरुलाई सास्ती

Loading

Peoples News : नवलपुर । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाश शरण महतले कोठा भाडमा बस्ने तथा घर नभएकाहरु कोरोना संक्रमित हुदा सरकारले आफैले आइसोलेसनको ब्यबस्थापन गर्नु भनेर भनेको प्रती आपत्ति जनाएका छन् । सहमहामन्त्री महतले आज नेपाली कांग्रेसको नवलपरासी कोरोना अनुगमन समितिले गरेको प्लाज्मा दाम कार्यक्रमको नवलपुरमा उद्घाटन गर्दै सहमहामन्त्री महतले यस्तो बताएका हुन्। उनले कोठा भाडामा बस्ने संक्रमितहरुको लागि सरकारलाई आइसोलेसनको ब्यबस्थापन गर्न पनि आग्रह गरेका छन् । संयोजक महतले सरकारको आफू मात्रै बोल्ने,अरुको कुरा नसुन्ने प्रवृतिका कारण कोरोना संक्रमन भयावह बन्दै गएको आरोप पनि लगाए। सहमहामन्त्री महतले कोरोना नियन्त्रणमा लाग्न आफ्नो नेतृत्वको देशभरको कोभिड अनुगमन समितिलाई निर्देशन पनि दिएका छन। सहमहामन्त्री महतले उद्घाटन गरेको उक्त प्लाज्मा दान कार्यक्रममा करिब दुई दर्जन भन्दा बढीले आफ्नो प्लाज्मा दान गरेका छन।

Leave a Comment