![]()
पिपुल्स न्युज : महेश सिंह सिरहा लहान ११ कार्तिक – सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ बस्ने पत्रकार कृष्ण मोहन चौधरीको मृत्यु भएको छ् । बिगत लामो समय देखि पत्रकारितामा सकृय रहेका चौधरीको मंगलवार अलपकाल आयु मै मृत्यु भएको हो ।कृष्ण मोहन चौधरी लहान स्थित रहेको रेडियो सामाद १०२.६ मेगाहर्ज बाट पत्रकरिता सुरु गरेको थिए ।
निकै दिन उनले रेडियो समादको प्रोग्राम प्रस्तोताको रुमा रहि काम गरेका थिए।पछिल्लो समय उनले रेडियो समादको सुखिपुर सम्बादाताको रुमा काम गर्दै आएका थिए । चौधरी नेपाली पत्रकारीतामा होनिहार युवा पत्रकार थिए । पछिल्लो समय उनले मिथिला अवाज साप्ताहिक को समपादकको जिम्मेवारी निर्वाह गर्दै समाज सेवामा लगेका थिए। समग्र पत्रकारीता जगतमा उनले चलाएको कलमले सामाज परिवर्तनमा धेरै न भए थोरै परिवर्तन निस्चय नै ल्याएको छ् । बिगत एक बर्ष अगाडि बिरामी पर्दा धनगढी माई नगरपालिका स्थित रहेको आरके मेडिसिटि होस्पिटल मा भर्ना भएको थियोे ।अस्पतालमा निको भए पछि अस्पताल बाट डिसचार्ज गराएर घर फर्केका थिए। उनलाई करिब एक महिना अगाडि देखि पुनः पुरै ज्यु भरी सुनिने गर्थियो।अचानक बिरामी पर्दा हेरी आरके मेडिसिटि होस्पिटल मा भर्ना गरेका थिए।
करिब दुई तिन दिन अस्पताल बसे पछि उनले अस्पताल बस्न न माने पछि अस्पताल बाट घर गएका थिए। घरमा बस्दा दिन प्रति दिन रोगले ग्रसित बन्दै गएका थिए। सोही अस्पतालमा उपचार गर्न ल्याउदा उक्त अस्पतालमा उपचार सम्भ न भएकोले थपउपचारको लागि धरान स्थित रहेको बिपी कोइराला बिज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा सोमबार राती चौधरीको मृत्यु भएको अस्पताल सोतले बताएका छन। चौधरीको मृत घोषणा गरे पछी सब परिवाजनलाई जिम्मा लगाएका थिए ।
चौधरी नेपाल पत्रकार महां संघ सिरहाको सदस्य र प्रेस मंच नेपालमा समेत आबद्ध रहेका थिए । उनको अचानक मृत्युले सिरहाका समग्र पत्रकारीतामा ठुलो ठेस पुगेको महा संघ सिरहाको सभापति देनेश्वर प्रसाद गुप्ताले जानकारी दिनु भयो । पत्रकार चौधरीको मृत आत्माको शान्तिको कामना गर्दै स्वक संतप बरीवारमा धैर्य धारणको शक्तिको कामना गर्दै पार्थि शरीर माथी श्रद्धाञ्जली अर्पण गर्दै मंहाका केन्द्रिय सदस्य देब कुमार यादव ले जानकारी दिनु भयो । पत्रकार चौधरीको अन्तिम अनतरेसटि जन्म थलो सुखीपुरमा गरेका छन् ।