सप्तकोशी नदि प्रदेश 1 मा गाभ्ने तयारी

Loading

***** सप्तकोशी सप्तरिमा गाभिनु आवश्यक ****
————————————————————————-
सप्तकोशीलाई १ न प्रदेशमा गाभिनु सप्तरी बिकाशको सन्दर्भमा अर्को ठूलो षड्यन्त्र हो। जुन सप्तकोशिका कारण सप्तरी पोखरी सरह भएको छ त्यही सप्तकोशिमा बिकाशको झिल्को उठनु अगावै सप्तरिबाट अलग गरिनु निन्दनीय रहेको छ।

मधेसका नेता जति नालायक छन नै सप्तरिका नेताहरुले पनि सप्तरी बिकासका सन्दर्भमा कुनै पनि काम गर्न सकेनन् । सप्तरीले नेता त धेरै दिए तर तिनी नेता कहलाउने लायकका कुनै पनि छैनन् । यी सबै दलाल र विलाशी निस्के। यी नेताहरुलाइ पाता कसेर त्यही सप्तकोशिमा होमि मधेश चोख्याउनु आवश्यक देखिन्छ। यिनी दलाल नेताबाट मधेसले कुनै आस नगरे हुन्छ।

नेपालकै सबै भन्दा ठूलो अथाह जलसागर सप्तकोशी सङ compromise गर्न सक्नु भनेको २ न प्रदेश को कुनै पनि नेता गणमा बिकाशको सोच नरहेको पुष्टि गर्छ। अहिले भ्रष्टाचारको चरम सिमा नाघिसकेको २ न प्रदेश भबिस्यमा पनि कुनै प्रगती गर्न सक्दैन ।

सप्तरिबासी समायमै सचेत नभए अझ ठूलो बिपत्तिको सामना गर्नुपर्ने हुन्छ। मेरो संघर्ष जहिलेपनी सप्तरी बिकासमा केन्द्रित रहने छ, तपाईंको भावना पनि सप्तरी बिकासमा केन्द्रित रहोस भन्ने चाहन्छु ।

Leave a Comment