सङ्क्रमितको कुल सङ्ख्यामा चीनलाई नेपालले उछिन्यो

Loading

नेपालमा थप १,५५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये १,०१७ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्। नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९०,८०० नाघेको छ । यससँगै नेपालले सङ्क्रमितको कुल सङ्ख्यामा चीनलाई उछिन्दै अतिप्रभावित देशको सूचीमा ४४ औँ स्थानमा पुगेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार मङ्गलवार अपराह्णसम्म चिनमा सङ्क्रमितको कुल सङ्ख्या थियो । विगत २४ घण्टामा नौ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा अहिलेसम्म ५६३ सङ्क्रमितको मृत्यु भएको देखिन्छ । निको हुने सङ्क्रमितको सङ्ख्या ६७,५०० नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २,३४० जना रोगमुक्त भएका छन् । गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । सोमवार मन्त्रालयले २,४४० सङ्क्रमित फेला परेको र १९ जनाको मृत्यु भएको बताएको थियो । गत शुक्रवार मन्त्रालयले २,७०० जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। त्यसयता सोमवारसम्म प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २,००० नाघ्यो । अहिले देशभरि २२,७०९ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १३,५९१ जना घरमै र ९,११८ जना संस्थागत आइसोलेशनमा छन्। वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ ।  BBC

Leave a Comment