मन्त्रीमण्डल हेरफेरको तयारी ! नयाँ अनुहार आउँदै । चुनाव हारेकाहरुले पनि चान्स पाउने पक्का । 

Loading

मन्त्रीमण्डल हेरफेरको तयारी ! नयाँ अनुहार आउँदै । चुनाव हारेकाहरुले पनि चान्स पाउने पक्का ।
रवीन्द्र ढुङ्गेल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद केही दिन यता मत्थर देखिएसँगै  सरकारले अब   नयाँ चरणबाट अगाडि बढ्ने संकेत प्रस्तुत गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएको भेटवार्ता तथा भएका  गोप्य सहमतिहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विवादको बिन्दुबाट टाढा धकेलेको छ यद्यपि बरिष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरु भने अध्यक्षद्वयको आकस्मिक निर्णय तथा आपसी सहमतिबाट दिकवाक मात्रै भएका छैनन् , आश्चर्यचकित पनि परेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलि नेपाल पक्ष र खनाल पक्षलाई मिलाउन भन्दा पनि पूर्व माओवादी केन्द्र घटक नेताहरुलाई व्यवस्थापन गर्न केन्द्रित छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको युद्धमा जनतालाई साथ र हौसला प्रदान गर्नुपर्ने सरकार  पटकपटक अन्तरपार्टी विवादको अल्झनमा फसिरहेको स्थिति छ ।
नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी चल्ने सोच र कार्यशैलीप्रति आजित केहि शीर्ष नेताहरुले ओलिको  विकल्प खोज्ने सम्मको सहमति गरिसकेका थिए  । तर ओलीलाई सहजै सत्ताबाट बर्खास्त गर्न सकिने अवस्था भने छैन । एक पदमा एक व्यक्ति मात्रै हुनुपर्ने विषयले स्थायी कमिटीका ओलि निकट नेता तथा स्वयं प्रधानमन्त्री ओलिमै गतिलो भुइचालो गएको  अनुमान ओली विरोधीको देखिन्छ ।  सतहमा देखिंदा सकेसम्म ओलीलाई विस्थापित गर्ने प्रयास छ, तर भित्र–भित्रै सहमति गरेर सत्ताको बाँडफाँडमै कुरा अगाडि बढिरहेको छ । बौद्धिक अर्थमन्त्री भनेर चिनिएका  पूर्व अर्थमन्त्री तथा सञ्चार मन्त्री  डा. युवराज खतिवडा औपचारिक रुपमा सिंहदरबारबाट ‘आउट’ भए पछि  अर्थमन्त्रालय हाँक्ने गरी बालुवाटारमा को  ‘इन’ हुने हुन् भन्ने प्रश्न चौतर्फी उब्जिएका  छन् ।  डा. खतिवडालाई बालुवाटारमा कसरी प्रवेश गराउने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक तयारी गरिरहेका छन् । ओलिले डा. खतिवडालाई  भनेका छन् , मलाई मेरो बाँकी कार्यकालसम्म आर्थिक सल्लाहकारको रूपमा  सघाउनुस । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई  राष्ट्रियसभाका सिफारिस गरिएपछि विवादको   तरंगमा पुगेका ओलिले खतिवडालाई  मुख्य सल्लाहकार बनाएपछि हालका सल्लाहकार विष्णु रिमाललाई श्रममन्त्री बनाउने सकिने गरी तयारी भइरहेको बुझिएको छ । डा. खतिवडाले भने आफू आर्थिक सल्लाहकार बन्नु भन्दा पनि अमेरिकाका लागि नेपालको राजदूत बन्न चाहेका छन् । यसरी अर्थ मन्त्रालय ओलीले आफैंसँग राखेपछि बामदेव गौतम भने गृहसहित उपप्रधानमन्त्री बन्ने सङ्केत देखिएको छ ।

मन्त्री नियुक्त भएपछि सुरुमा खरो रूपमा सरकारको बचाउमा लागेका र पछि  भ्रष्टाचारको आरोप लागेर चौतर्फी  विवादमा तानिएर राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा  छन् यद्यपि उनले सफाइ भने पाउनेछन् । बाँस्कोटाले घूस लिएरखाएको प्रमाणित नहुने भन्दै अख्तियार उजुरीलाई तामेलीमा पठाउने निर्णय गर्न लागेको उच्च स्रोतले जनाएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत ६ महिनादेखि निगरानीमा   राखेको थियो  । ७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनमा सघाउन भन्दै बास्कोटाले राजीनामा दिएका थिए । अझै पनि ७० करोड उपमाले चिनिएका र बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको थियो । मन्त्री पदमा रहँदा बाँस्कोटाका बोली–व्यवहार निकै उत्ताउला , भ्रामक , केटाकेटी शैलीका र अस्वाभाविक थिए, उनले प्रदर्शन गरेको त्यही अहंकार, असभ्यता र असहष्णिुताका प्रतिक्रिया वा परिणामका रूपमा पनि उनको पद च्युतलाई  लिन सकिन्छ । उनको बोली–व्यवहारबाट विरोधी मात्र होइन, आम नागरिक पनि कतिसम्म आजित र आक्रोशित रहेछन् भन्ने कुरा सामाजिक सञ्जालमा उनीविरुद्ध खनिएको जनसमूहले देखाउँछ।
 तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले ०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए । तत्कालीन मन्त्री बाँस्कोटाको भने सोझै घूसको मोलमोलाइ गरेको अडियो टेप नै सार्वजनिक भएको थियो । अडियो टेप गर्ने सेक्युरिटी प्रिन्टिङ प्रेसका एजेन्ट विजय मिश्रसँग अख्तियारले अडियोको सनाखत गर्ने र त्यसलाई कानुनी आधार दिन सक्ने अवस्था थियो ।  कम्तीमा १५ महिनाअघि तत्कालीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो । अडियो रेकर्डमा बाँस्कोटाले कमिसनबापत ५४–५५ करोड मात्रै प्राप्त हुने भए लागतलाई एक अर्ब बढाउन आग्रह गरेका छन् । बाँस्कोटाले अडियोमा भनेका छन्, ‘त्यसले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस् ।’ धुलिखेलमा भएको एक कार्यक्रममा ओलिले भनेका थिए,  ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा र अर्काेतिर अरु सबैजस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन् ।’ त्यसरी ओलिका प्रिय् पात्रका रूपमा बास्कोटा रहँदै आएका छन् ।

Leave a Comment