भ्रस्टचारीलाइ पिएमको पूर्ण संरक्षण : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

Loading

पिपुल्स न्युज काठमाडौँ : प्रधानमन्त्री केपी ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आरोप लगाएको छ। खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरू घटेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले यस्तो आरोप लगाएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताए । बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनले बताए।भ्रष्टाचारको मूल भनेको राजनीतिक नेतृत्व हो । खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुँदैन । प्रधानमन्त्रीले बेला बखत म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्‍नँ, शून्य सहनशीलता अपनाउँछु भन्‍नुभयो। तर व्यवहारमा उतार्न सक्नु भएन। उहाँको भ्रष्टाचारविरुद्धको बोली ओठे प्रतिवद्धतामै सीमित भयो। त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नै महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर किन जोगाउनुभयोरु सेक्युरिटी प्रिन्टिङ प्रकरणमा लेनदेनको अडियो सार्वजनिक हुँदा पनि मन्त्रीले कुनै गल्ती गरेको छैन भनेर किन ढाकछोप गर्नुभयो?’

रेग्मीले स्वास्थ्य सामग्री खरिदमा ठेक्का ओम्नी समूहलाई दिँदा अनियमितता भएको आरोप लगाए। ‘ओम्नीलाई पनि कानुन विपरीत एक मन्त्रीको सल्लाहकारले रातारात दिएको ठेक्का कानून विपरित छ। यसमा सुरुमै साँठगाँठ भएर कमिसन खाने नियतले ओम्नी समूहलाई ठेक्का दिएको देखिन्छ’, उनले भने, ‘त्यसमा आदेश दिने उपप्रधानमन्त्री, मन्त्रीको समेत कुनै संलग्नता छैन भनेर उहाँले कसरी भन्‍न सक्नुभयो ? उहाँ (ओली) अख्तियार त होइन उहाँ न्यायाधीश त होइन।’

रेग्मीले प्रधानमन्त्रीको बोलाइ र गराइमा भिन्नता रहेको बताए । अध्यक्ष रेग्मीले अख्तियार प्रमुख समेत सरकारको नीति निर्देशन अनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताए । अख्तियारका पछिल्ला कदमहरूले अख्तियारको औचित्य छ की छैन भनेर शंका उब्जाएको उनको भनाइ छ।

Leave a Comment