आआप–नेपालको अध्यक्ष स्व: अशोक कुमार यादवको सपना पुरा गर्ने जिम्मा राज सिंह यादवमाथि

Loading

 राज सिंह यादव आम आदमी पार्टीका केन्द्रीय सदस्य तथा स्वर्गीय असोक कुमार यादवका छोरा पनि हुनुन्छ   

PeoplesNews :आम आदमी पार्टी अध्यक्ष असोक कुमार यादवले मधेशका जनताकालागि एउटा ठूलो सपना बोक्नु भएको थियो जो केही हद सम्म सफल पनि भए र केही सफल हुने बाटोमा छ । निजको सोच र सामान्य व्यवहारले हरेक कार्यकर्ता तथा आवद्धहरु खुसि हुन्थे । निजले पार्टीमा कहिले पनि स्वार्थपना देखाएनन् जहिले पनि देश र जनताकाागि लडने एक योद्धाका रुपमा चित्रण भए र त्यसमा सफल पनि भए । तर अचानक निजको मृत्युको घटनाले पार्टीको साथै सम्पुर्ण मधेशमा निराश्ता छायो ।

अध्यक्ष स्वर्गीय अशोक कुमार यादवले देख्नु भएको एउटा सपना मधेसका युवाहरुले नै मधेसको विकास गर्छन् भनेर तथा मधेसी को हक मधेसका युवाले नै दिलाउँछन् भन्ने कुरामा विश्वस्त थिए। त्यही अनुरुप लागि पर्नु भएका थिए । आज त्यो सपनालाई साकार गर्ने महान आत्मा हामी बिच नभए नी उहाँको सपना र सोच र मार्गदर्शन आम आदमी पार्टी नेपाल संग सदैब रहनेछ । यही सोच र सपनालाई साकार गर्न स्वर्गीय असोका कुमार यादवका छोरा राजसिंह यादवले आफनो सोच बनाउनु भएको छ । उनका भनाइ अनुसार यो काममा हामी ढिलो होलौ तर मधेसको अधिकार र सम्मान हामीले दिलाएरै छाड्छौं र हाम्रो अध्यक्ष स्व। अशोक कुमार यादवले दुेख्नु भएको सम्पूर्ण मधेसहितका कामहरू हामी यस पार्टीमा आवद्ध सम्पुर्णले गर्नेछौँ ।

एउटा बाटो उहाँले देखाउनु भएको थियो अबको बाटो हामी जनता को समर्थन बाट बनाउने छौं । ढिलो होला तर हामी हार मान्दैनौ र अरु पार्टीहरु जस्तो विकाश, मान ,सम्मान को छोटो बाटो देखाउँदैनन्, बाटो लामो छ समय धेरै लाग्छ तर त्यो बाटो पूरा हिँडेरै छोड्नेछौँ । अहिले आम आदमी पार्टी नेपाल सानो शक्ति भए पनि जनताको ठूलो साथ पाएका छौं र आगामी दिनमा पनि पाइनै रहनेछौं तथा अझ धेरै साथ पाउने काम गर्ने छौ । ठुल ठूलो कुराले होइन कामले हामी जनता को साथ हिड्ने पाउछौं । आम आदमी पार्टी नेपाल साधारण जनताको साथ मात्र न भएर अब यो पार्टी अमर आत्मा को ऋणी पनि छ जसको कारण यो पार्टी को अस्तित्व आज छ र त्यो अस्तित्व लाई अझै ठूलो बनाएर जनता को साथी बनेर जनताको पार्टीको र स्वर्गीय अशोक कुमार यादव जि को सपना पूरा गर्ने छौँ ।

पिपुल्स न्युज मिडिया प्रा. लि.
वञ्चित समूदाय नेपाल
जनजीविका बचत तथा ऋण सहकारी संस्था लि.
किप इन टच ट्राभल्स एण्ड टुर्स प्रा. लि.
साहिल अफसेट प्रिन्टर्स (काठमाण्डौ)
साहिल अफसेट प्रिन्टर्स (सप्तरी)

 

Leave a Comment