![]()
People’sNews : महेश सिंह सिरहा लहान २३ भदौ – सिरहाको लहानमा नेपाल मेडिकल काउन्सिलको परिक्षा लहानको प्राविधिक शिक्षालयमा सम्पन्न भएको छ । बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको मार्मा परेको नेपालको शिक्षा प्रणाली अस्तबेस्त भएको छ । कोरोनाको कारणले गर्दा नेपालको शिक्षा प्रणालीमा निकै ठुलो पहिरो गएको एक तथ्यांकले देखिन्छ । नेपालमा विद्यार्थीहरुलाई निकै नै मनोबल कमजोर भएको एक शिक्षक, शिक्षा विदले बताए । शनिबार नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र एनएमसि लाईसेन्सिङ (N.M.C licensing examination ) लहानको प्राविधिक शिक्षालयमा भएको हो ।
लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाको केन्द्राध्यक्षतामा भईरहित वातावरणमा परिक्षा सम्पन्न भएको छ । बिहान् ९:४० मा सुरु भएको परिक्षा दिउँसो १२:४० मा समापन भएको थियो। उक्त परिक्षामा MBBS र BDS पास गरेका ४९ जना छात्र ,छात्रा मेडिकल विद्यार्थीहरुको परिक्षामा सहभागि भएका थिए । सम्लित भएका विद्यार्थी मध्ये १५” जना महिला र ३४ पुरुष विद्यार्थीहरुको सहभागिता रहेको केन्द्राध्यक्ष डाक्टर सुनिल प्रसाद कुशवाहाले जानकारी दिनुभयो । परिक्षा हल भित्र कोरोना माहामारीको मध्य नजर गर्दै समाजिक दुरी कायम गरी २ दुई मिटरको दुरीको फरकमा परिक्षार्थिलाई बसाईएको थियो ।
प्रत्येक सहभागी विद्यार्थीलाई एउटा मास्क र सेनिटाईजर सहयोग समेत गरेका थिए। परिक्षार्थि लाई हल भित्र छिराउनु भन्दा अगाडि शरीरलाई पुर्ण रूपले सेनिटाई र डिजिटल हाजिरीबाट फेसरीडिङ्ग गरी परिक्षा हल भित्र छिराएका थिए । अबजर्भरको लागि ईलाका प्रसासन कार्यालय लहानका प्रमुख र सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख उमा शंकर पजियार र ईलाका प्रहरी कार्यालय लहानका इन्जार्ज तथा DSP शरद कुमार थापा क्षेत्रीका प्रहरीको एक समुहले परिक्षालाई मर्यादित र भयरहित बनाउन टोलि खटेका थिए ।