![]()
People’sNews/रबिन्द्र ढुङ्गेल काठमाण्डौ : काठमाडौ उपत्यकाको ललितपुरमा बिहीबार प्रहरी र रातो मछिन्द्रनाथको रथ डोर्याउने स्थानीयबीच झडपपछि ललितपुरमा शुक्रबार रातिसम्म जारी गरिएको कडा कर्फयुकाबीच पुल्चोकमा रातो मछिन्द्रनाथ रथयात्राको क्षमा पूजा भएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण लामो समयदेखि रोकिएको मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा बिहानै ९ बजेर ३० मिनेटमा गरिएको हो । ४ महिना लामो लक डाउन र भदौ ३ गतेबाट जारी लकडाउन स्वरुपको निषेधाज्ञाका कारण रथयात्रा सुचारु हुन सकेको छैन ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ । रथयात्रा गर्न पाउनुपर्ने र कोरोना भन्दा ठुलो हाम्रो धर्म , सम्प्रदाय हो भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि हिजो प्रहरीसँग झडप भएको थियो। आज ललितपुरमा कर्फयू समेत लगाइएको छ । ललितपुरमा कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडप परे लगत्तै सरोकारवालाहरुको आकस्मिक बैठक बसेका थियो ।
बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलले जनाएको छ ।