![]()
Peoples News : मुकुन्द पौडेल, बालाजु काठमाडौ
केही हाईकु
लकडाउन अझ्झै कडा गर्ने रे
उपाय नास्ती
जे जे भन्छन, त्यो केही गर्दैनन
चिन्नु भो उ हो
पुरानो टुक्का, भुक्नेले टोक्दैन रे
ठ्याक्कै मिल्दो, सरकार छ
आफ्नै लागि मात्र छ
था भो कि नाईँ
उन्लाई मस्ती, जनतालाई सास्ती
नयाँ नेपाल
कुराले हुन्न, हुने कामले न हो
हे मस्ताराम
बर्खा त गयो, हिउँद नि आउला
के फरक भो
हिजो जस्तो थ्यो, आजपनि उस्तै छ
हाम्रो नेपाल