समाजबादीको इशारामा पुजारीको हत्या

Loading

Peoples news : रौतहटको नारायण न.पा.–२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गत साता भएको हत्यामा संलग्न व्यक्तिहरूको पक्राउ गर्नेतर्फ सरकारले कुनै तत्परता लिएको छैन ।नेपालमा जातीय एवम् क्षेत्रिय भड्काउ पैदा गर्दै नेपालीहरूको सनातन धर्म–संस्कृतिविरुद्ध विशेष रूपमा सक्रिय रहेका बाबुराम भट्टराईसम्बद्ध समाजवादी पार्टीको वडाध्यक्षको योजनामा पुजारीको हत्या भएको रौतहटका स्थानीय वासिन्दाबीच चर्चा चलिरहेको छ ।

पुजारीको हत्या समाजवादी पार्टीको तर्फवाट वडाध्यक्ष रहेका नरुल्लाह नामक व्यक्तिको इसारामा भएको र यस घटनामा बालकृष्ण पटेल, रामप्रवेश पटेल र राम नरेश पटेल नामक व्यक्तिहरूलाई प्रयोग गरिएको विश्वास स्थानीय वासिन्दाले गरेका छन् । उल्लिखित सबै व्यक्ति यतिबेला फरार रहेका र भारतको गहैयबराका संजय सिंह भनिने पिण्टु सिंहको घरमा लुकेर बसिरहेको जानकारी प्राप्त हुन आएको छ । समाचारअनुसार फरार व्यक्तिहरूका बारेमा नेपाल र भारतका प्रहरीले सुराक पाइसकेका छन् । नेपालले भारतीय प्रहरीसँग समन्वय गरी पक्राउ गर्नेतर्फ हालसम्म कुनै तत्परता लिएको जानकारी मिलेको छैन । copy

Leave a Comment