हिन्दु धर्म, राजसंस्था र नेपाली सेना यि ३ नरहे नेपाल नरहने : धर्म गुरु डा. के.बी रोकाया

Loading

peoples news : काठमाडौं। कुनै समय कम्युनिष्ट पार्टीबाट सक्रिय राजनीति गरेका क्रीस्चियन धर्म गुरु डा. के.बी रोकायाले हिन्दु राष्ट्र र राज संस्थाको पक्षमा वकालत गर्न थालेका छन् । क्रीस्चियन धर्ममा आस्था राख्ने डा. रोकायले केहिँ वर्ष अगाडी बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिदै नेपालको पहिचान भनेको नै हिन्दु धर्म, राजसंस्था र नेपाली सेना रहेको र यि ३ वटा खम्बा हटाईदिए पछि नेपाल नरहने बताएका थिए । उनले भनेका थिए, “राष्ट्र चाहिन्छ भनेर नै आफुले हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्दै छु । रोकायले हिन्दु राष्ट्र र राजसंस्था स्थापनाको लागी नेपाली सेना समेतले सघाउनु पर्ने बताएका थिए । उनले राष्ट्रिय अस्तित्वको लागी राजसंस्थाल कुनै न कुनै रुपमा पुनस्थापित गर्नु पर्ने बताए।  धर्म सापेक्ष राष्ट्र बनाउनु पर्ने बताए । साथै डा.रोकायले धर्म निरिपेक्षको एजेन्डा नेपालीको नभएर पश्चिमा राष्ट्रहरुको भएको समेत स्पष्ट पारे । साथै उनले आफुले पनि नबुझेर पश्चिमाहरुको एजेन्ट भएर काम गरेको तर विगत केहिँ बर्ष यता वास्तविकता बुझेको समेत जानकारी गराए । copy

Leave a Comment