[ पर्सामा थपिए अत्यधिक कोरोना सङ्क्रमित ]

Loading

वीरगन्जमा ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् । प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण पोजेटिभ  पाइएका हुन् । नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । वीरगन्जको एक एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण प्रमाणित भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् ।

नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

वीरगन्ज महानगरपालिका– १४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् । वीरगन्जका अन्य संक्रमितहरु राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वाका बासिन्दा हुन् ।

पर्सागढी नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पर्साको बिन्दवासनीका ९ जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली, बिन्दवासनी गाउँपालिकामा समेत संक्रमित थपिएका छन् ।

Leave a Comment