एक जना बराबर 1 लाख 4 हजार 630 रुपैया खर्च भैरहेको सरकारको दाबी

Loading


Peoples News : काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना कोरोना संक्रमित खोज्नका लागि १ लाखभन्दा बढी खर्च लाग्ने गरेको दाबी गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गरेर एउटा पोजिटिभ भेट्न सरकारको १ लाख ४ हजार ६३० रुपैयाँ खर्च हुने दाबी सुनाए ।

उनका अनुसार पीसीआर परीक्षणका लागि सरकारले प्रति पीसीआर ५ हजार ५०० खर्च गर्छ जुन पीपीईबाहेकको शुल्क हो । हालसम्म सरकारले पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० खर्च गरेको डा. गौतमले बताए । शुक्रबारसम्म पीसीआर विधिबाट ५ लाख ७९ हजार ८९९ जनाको परीक्षण भइसकेको छ ।

‘परीक्षण मात्र होइन उपचारमा पनि खर्च हुन्छ,’ डा. गौतमले भने, ‘आईसीयूमा एकजना बिरमीलाई ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नुपर्छ । कोरोनाको जाँच तथा उपचार खर्चिलो छ ।

उनले जरुरी काम नपरिकन घरबाट नसिस्कन, निषेधाज्ञाको पालना गर्न र निस्कनै परे आफ्नै टोलमा पनि २ मिटरको दुरी कायम गर्न र अनिवार्य मास्क लगाउन तथा साबुन पानीले मिचीमिची हात धुन अनुरोध गरे । उनले भने, ‘यसरी आफ्नो शरीर सुरक्षित हुन्छ र राज्यको पैसा पनि बच्न सक्छ ।’

Leave a Comment