![]()
Peoples News : काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणको चार बर्षे कार्यकालमा पुन कुलमान घिसिंङ लाई निरन्तरता दिनु पर्ने बताएका छन । कुलमान घिसिंङको कार्य क्षमता अब नेपालमा सबैले थाहा पाईसके र देखिसके । उनले यो इज्जत आफ्नो काम बाट कमाएका हुन । अब उनको चार बर्षे कार्यकाल सकिदै छ। बिचौलिया र दलाल पुजिबादमा डुबेको यो सरकारले उनलाई फेरि नियुक्त गर्छ जस्तो मलाई लाग्दैन लोहनिले आफ्नो पोष्टमा भनेका छन । तर अर्को चार वर्ष उनलाई काम गर्ने मौका दिनै पर्छ भन्ने माग गर्दछन लोहनी ।
१. भारत बाट हाल पनि नेपाल को कुल खपतको ३० प्रतिशत हाराहारी मा बिदुत आयात हुन्छ अब अर्को चार बर्षमा नेपाल पूर्ण रुपमा बिद्युतमा आत्मनिर्भर हुनु पर्छ ।
२. कम्पनि राम्रै नाफा मा जना थालेको परिबेस्मा अब को चार बर्ष भित्र थप पुजी जनता को लागि सेयर बजार मा बेच्ने र पर्धिकरण मा जनता को स्वमित्य कमसेकम ५० प्रतिसत पुराउने ।
३. नयाँ सेयर किन्ने लगानीकर्ता लाई कमसेकम १२ देखि १५ प्रतिसत लगानी मा प्रतिफल सुनिस्चता गर्ने ।
४. जल बिद्युत बाहेक अन्य उर्जा श्रोत बाट १० देखि १५ प्रतिशत बिद्युत उत्पादन गर्ने ।
लोहनी पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेपाली राजनीतिको मात्र नभई आर्थिक क्षेत्रका समेत चर्चित ब्यक्ति हुन् । राजसंस्था सहितको प्रजातन्त्रको पक्षधर उनी भ्रष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् ।