सार्वजनिक गाडी बन्द गरेर लकडाउन सुरु गर्न मेयर फोरमको आदेश ।

Loading

सार्वजनिक गाडी बन्द गरेर लकडाउन सुरु गर्न मेयर फोरमको आदेश ।

उपत्यकाभित्र कोरोना भाइरसको महामारी बढ्न थालेपछि उपत्यका नगरपालिका फोरमको बैठकद्वारा सरकारलाई भदौ १५ गतेसम्म सार्वजनिक यातायातलाई सञ्चालमा रोक लगाउने सुझाव दिएको छ ।
सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भएको भन्दै उक्त निर्णय गरेको जनाएको छ ।

उपत्यकाभित्र स्थानीय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई २१ दिनको लागि बन्द गर्ने निर्णय भएको छ ।
आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ मलहरु, होटल, रेष्टुराँआदिमा कोभिड—१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा यथाशक्य सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र त्यसको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याउने निर्णय भएको छ ।
बैठकमा उपत्यकामा कोरोना संक्रमण समूदाय स्तरमा पुग्ने खतरा रहेको हुँदा उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दूमा अत्यन्त कडाइ गर्न उल्लेख छ । त्यस्ता प्रस्थान विन्दूबाट अबैध, अनाधिकृतरुपमा मानिसहरु प्रवेश गर्ने र गराउने कार्यलाई पूर्णतः नियन्त्रण गर्न सरकारलाई अनुरोध गरेको छ ।