![]()
मूल्य बढाएर बिल बनाउने सिराहा नगरपालिकाको भ्रष्टाचार छर्लङ्ग [जनप्रतिनिधि र अधिकृत कै मिलेमतो] हेर्नुस कुन सामग्रीको मूल्य कति राखिएको छ ?
सिराहा नगरपालिका,नगर कार्यपालिकाको कार्यालय सिराहाले श्रावण २० गते जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै कोरोना भाइरस नियन्त्रणमा भएको खर्चको विवरण पठायो तर त्यो विवरणमा चरम भ्रष्टाचार भएको प्रष्ट देख्न सकिन्छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यको लागि भएको सामग्री खरिदमा यस्तो देखिएको हो । प्रमुख प्रशासकीय अधिकृतद्वारा पठाइएको उक्त पत्रमा प्रत्येक सामग्रीको मूल्य बिसौँ / तिसौँ गुनाले बढाइएको छ । जस्तै ५५८ थान तन्नाको मूल्य ४५ लाख तीन हजार सात सय पचहत्तर लेखिएको छ भने १११ थान तकियाको खोलको मूल्य तीन लाख १९ हजार दुई सय पचहत्तर राखिएको छ । यो अनियमितता विरुद्ध कसैले पनि आवाज उठाउन सकेका छैनन । यो चरम भ्रष्टाचार विरुद्ध सबै एक हुन आवश्यक छ ।

You must be logged in to post a comment.