![]()
कपिलवस्तुका १८ जनामा कोरोना सङ्क्रमणको आशंका ।
कपिलवस्तु जिल्लाका १८ जना व्यक्तिहरुमा कोरोनाको लक्षण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लास्थित ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमितसँगको सर्वेक्षणका क्रममा लक्षण देखिएको हो ।
भेटिएका १८ जना मध्ये केहीलाई ज्वरो आएको, रुघा लाग्ने गरेको, सास फेर्न गारो हुने, छाती दुख्ने जस्ता विभिन्न कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन्। लक्षण देखिएकामध्ये ४ जनालाई बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ। अस्पताल पुर्याइएका सबैजना समुदायबाट सङ्क्रमण भएका हुन।
पछिल्लो पटक ६ स्थानीयतहमा कोरोना सङ्क्रमित फेला परेका छन्। कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा समुदायस्तरमै कोरोना देखिएको अधिकारीहरूले बताएका छन्।