![]()
नेपाली युवाद्वारा सिड्नीकि युवती बलात्कृत, योन-सम्पर्क सहमतिमा भएको दाबी ।
गर्लफ्रेण्ड भेट्न अस्ट्रेलियाको सिड्नी गएका एक नेपाली युवकले त्यहाँ गर्लफ्रेण्डकै रुम पार्टनरलाई र’क्सी खुवाएर ब’ला’त्कार गरेको अभियोगमा अदालतमा सुनुवाइ सुरु भएको छ । 36 वर्षका नेपाली बलराम शिवाकोटिमाथि बलात्कारको आरोप छ । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।
योनसम्पर्क सहमतिमा नै भएको बताउने बलाराम अमेरिकामा बस्दै आएका थिए र घटनाको एक हप्ता अघि अस्ट्रेलिया गएर गर्लफ्रेण्डसँग बस्दै आएका थिए । पहिल्यै रेकर्ड गरिएको बयान सोमबार अदालतमा देखाइएको थियो जसमा पीडित युवतीले आफूले आफ्नी रुम पार्टनर (बलरामकी गर्लफ्रेण्ड)लाई उनको ब्वाइफ्रेण्डलाई स्वागत गर्नको लागि केक किन्न सहयोग गरेको बताइन् । त्यो दिन उनले बलरामसँग केही समय बिताएको पनि उनले बताएकी छिन् ।
प्रोसिक्युटर (पीडित पक्षका वकिल) लुई क्रिस्टफले अदालतमा सुनुवाइका क्रममा बताए अनुसार बलरामकी गर्लफ्रेण्ड त्यस दिन अर्को साथीकहाँ पढ्नको लागि बसेकी थिइन् । गर्लफ्रेण्ड नभएको बेला आएका बलरामले मदिराको बोतल बोकेर आएका थिए र पीडित युवती र अर्की एक साथीलाई आफूसँगै म’दिरा पिउन आग्रह गरे । दुवै युवतीले उनको आग्रह स्वीकार गरे । तीन जनाले पहिलो बोतल सकेपछि बलरामले अर्को बोतल किनेर ल्याउन उबर (ट्याक्सी) बोलाउन प्रस्ताव गरे । दुवै युवतीले यो प्रस्ताव पनि स्वीकार गरे । यी घटनाक्रमको क्रममा दुवै युवती मदिराले निकै मा’तिसकेका थिए ।
सुनुवाइको क्रममा क्रिस्टफले अगाडि थपे ‘अर्को मदिराको बोतल किनेर घर फर्किएको केही समयपछि पीडित युवती बाथरुम गइन् । त्यही बेला बलरामले उनलाई पछाडिबाट धकेले तर उनले बलरामलाई रोक्ने प्रयास गरिन् । यतिबेला पीडित युवतीले कोठामा हेर्दा देखिन् कि उनकी अर्की साथी बा’न्ताको बीचमा काउचमा लडेकी थिइन् । यसपछि पीडित युवती पनि बेहोस भइन् ।’
क्रिस्टोफका अनुसार उनी बेहोस भएपछि बलरामले उनको यौ’न शो’षण गरे र यही क्रममा उनी होसमा आइन् । होसमा आएपछि पीडित युवतीले बलरामलाई ‘मैले यस्तो गर्न चाहन्न’ भनेकी थिइन् । बलरामका वकिल क्रिस्टोफर वाटसनले बलराम र उजुरीकर्ता महिलाबीच यौ’नि’क सं’सर्ग भएको स्वीकार गर्दै यो सहमतिमा भएको दावी गरे । ‘त्यहाँ जबरजस्ती केही पनि भएको थिएन, उनले उजुरीकर्तालाई केही पनि गर्न बाध्य पारेका थिएनन्’ वाटसनले भने ‘हामी भन्छौं उजुरीकर्ता स्वेच्छाले यौ’नि’क संसर्गमा सहभागी भएकी थियन् ।’
प्रोसिक्युटर क्रिस्टोफले भने पीडित त्यो समयमा मदिराले मातेको अवस्थामा भएकोले स्वेच्छाले यौ’नकार्यमा सहभागी हुने स्थितिमा नभएको दावी गरे । उनले पीडित बेहोसीबाट होसमा आउँदा आफूले यस्तो गर्न नचाहेको भन्दै आफ्नो कुरा राखिसकेकोले यो स्वेच्छाबाट नभएको दावी गरे । सुनुवाइ जारी रहनेछ ।