![]()
चीनमा नयाँ भाइरसको आगमन ! किर्नाको टोकाइबाट सङ्क्रमण फैलियो ।
चिनमा कोर्नाको टोकाइबाट सर्ने राेग फैलिन सुरू गरेकाे छ । याे भाइसकाे संक्रमण फैलिएको केही दिनमा नै सात जनाकाे मृत्यु भइसकेको छ । मिडिया रिपोर्टका अनुसार पुर्वी चिनकाे जियाङ्सु प्रदेशबाट याे भाइसको संक्रमण सुरू भएको हाे । सुरुमा 37 जना व्यक्तिमा संक्रमण भएको थियो । त्यस लगत्तै चिनकाे अन्हुइ प्रदेशका 23 जना मानिसमा पनि संक्रमण भेटिएको थियाे । याे भाइसकाे लक्षण पनि काेराेना भाइरस सँग मिल्दाेजुल्दाे छ । नान्जिङमा बस्ने एक महिलामा याे भाइरसकाे संक्रमण भेटिएको थियो । उनमा ज्वरो आउने ,खोकी लाग्ने जस्ता विशेष लक्षणहरू भेटिएको थियो । उनिमा ल्युकोसाइट , रक्त प्लेटेलेट्स काे कमि भएको पाइयो । उपचार सुरू गरेकाे एक महिना पछि डिस्चार्ज भइन तर आनहुइ र चीनको पूर्वी हिजियाङ प्रान्तमा गरि सात जनाकाे मृत्यु भएको रिपोर्ट अस्पतालले निकालेकाे छ ।डाक्टरहरूले भाइस सर्नुकाे मुख्य कारण किर्नाको टोकाइ भएको दावी गरेका छन ।याे भाइसकाे नाम एसएफटिएस दिइएकाे छ । याे भाइस पुरानाे भने हैन ।याे भाइरसकाे संक्रमण सन् २०११ मा पनि देखिएकाे थियोे । यसलाई बुन्य भाइरसको वर्गमा राखिएको छ। सुरूमा किर्नाको कारणले सर्ने याे भाइरस , पछि एउटा मानिसबाट कारणले अर्को मानिसमा पनि सर्छ ।