काठमाण्डौबाट चोरी गरिएको रक्सी बिरगंजमा धमाधम बिक्रि : अबुलेश अन्सारी/बिरगंज

Loading

Abbulaish Ansari/People’sNews/Birgunj : काठमाण्डौंको चावेलबाट एक गोदाम सटर फोडी चोरी भएको रक्सी मध्ये केही रक्सी वीरगंज बजारमा बिक्री भएकोमा प्रहरीले अनुसन्धान थालेको छ । यती डिष्ट्रीलरीद्वारा उत्पादित सर्वाधिक चल्तीको ब्राण्ड ८८४८ भोड्का काठमाण्डौंका चोरहरुबाट वीरगंज पठाइएको र सो बिक्रीमा वीरगंज वडा नं. १० बस्ने गडबड काममा संलग्न हरिनारायण गुप्ताको गाडी चालक सुरज सिंह संलग्न भएको पोल खुलेको छ ।

सुरज सिंहले ८८४८ रक्सी प्रति कार्टुन १७ हजारको दरले ड्राइपोर्ट एरियाको अरमान ट्रेडर्स , पियुस कोल्ड स्टोर, एके ब्रदर्श र आदर्शनगरका केही रक्सी पसलमा बिक्री समेत गरेको तथ्य प्रहरीले पत्ता लगाएको बताइन्छ । क्लाइमेक्स ट्रेडिङ्गका प्रोप्राइटर सानो ठिमी गठ्ठाघर घर बस्ने रबीन जोशीको चावेल स्थित गोदामबाट साउन ३ गते लाखौंको रक्सी चोरी भएको थियो । चोरी भएको थाहा पाएपछि रबीन जोशीले गौशाला प्रहरी बिटमा निवेदन दिएका थिए ।

गौशाला प्रहरीले एक जना चोरीमा संलग्न व्यक्ति, दुई जना रक्सी खरिद गर्ने व्यक्तिलाई पक्राउ गरेको थियो । आफ्नो मालमध्ये आधा माल वीरगंजमा गएको थाहा पाएपछि पर्सा प्रहरीलाई खोजी दिन आग्रह गरेको जोशीले बताए । जोशीका अनुसार बनेपा काभ्रे बस्ने सुनिल वाइवा यो चोरी काण्डको मुख्य नाइके भएको र वीरगंजका सुरज सिंहसंग उसको सााठगााठ हुनसक्ने शंका व्यक्त गरे । हरिनारायणका गाडी चालक सुरज सिंह अहिले आफ्नो मोबाईलको स्विच अफ गरी भुमिगत भएको र प्रहरीले खोजतलास जारी राखेको बताइन्छ ।