विद्यालयकै भवनमाथि टावर , बालबालिका त्रसित, सरकार किन मौन : रबिन्द्र ढुंगेल

Loading

People’sNews/kathmandu : विद्यालयकै भवनमाथि टावर , बालबालिका त्रसित , सरकारले टेरेन । बालबालिकाहरु अध्ययन गर्ने कुनै पनि विद्यालयमाथि विद्युतको अथवा कुनै पनि सञ्चार कम्पनीको टावर अथवा खम्बा राखिएको छ भन्ने सुनेपछि तपाईंमा आक्रोश जाग्नसक्छ किनभने बालबालिका भनेका अत्यन्तै संवेदनशील र कोमल हुन्छन् । बाल मस्तिष्कले कुनै पनि सामान्य घटनालाई पनि जटिल रूपमा ग्रहण गर्छ र पछि उनीहरुमा मानसिक समस्या आउनसक्छ ।

यो निर्मम अवस्था हो दुर्गा सेकेन्डरी स्कुल सप्तरी राजविराजको । यहाँ माध्यमिक शिक्षा परिक्षा (एसइइ) सम्म अध्यापन गराइन्छ। यद्यपि सरकारले बालबालिकाहरुको सुरक्षित रूपमा अध्ययन (शिक्षा प्राप्त) गर्न पाउने हकलाई बन्देज गर्दै विद्यालयकै भवनमाथि विद्युतिय र सञ्चार कम्पनीको टावर राख्ने अनुमति दिएको छ । ती विद्युतिय टावरहरुमा कुनै पनि झिनो समस्या मात्रै आएमा पनि बालबालिकाहरुको ज्यान नै जोखिममा पर्ने प्रष्ट देखिन्छ । सम्बन्धित निकायको लापरबाहीपूर्ण कदमले भोलिको लागि सुन्दर भविष्य निमार्ण गर्न विद्यालय पुग्ने बालबालिकाहरुको जीवन नै नरहने अवस्था आउनसक्छ ।

अभिभावक एवं विद्यालय सञ्चालक समितिले तुरुन्तै यो समस्याको समाधानका निम्ति अग्रसर हुनुपर्ने देखिन्छ । स्वार्थी मनोवृत्तिलाई हटाएर समतामूलक समाज निर्माणकालागि ज्ञान बाँढ्ने थलोहरु सधैं सुरक्षित हुनआवश्यक छ । बालबालिकाहरुको सामाजिक सुरक्षाको जिम्मेवारी सरकारले लिन आवश्यक छ ।