कोरोना महामारीसंगै सरकारद्वारा जनतामाथि थप बोझ

Loading

Pnews.com.np :काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ। त्यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर साढे एक रुपैयाँ अर्थात् एक रुपैयाँ ५० पैसाले वृद्धि गरेको छ। 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको  खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्य बढेको हो। 

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।