![]()
Peoples News : सप्तरी । कोरोना माहामारी समान्य भन्दा पनि भहावय हुने क्रम बढदो हुँदा पनि सरकार र सम्बन्धित निकाय पुर्ण रुपमा निस्कृय नै देखिन्छ । देशको विभिन्न भागमा कोरोनाको कारण मृत्युदर तथा संक्रमितको दर बढने क्रममा छ । नेपालमा दोश्रो तथा तेश्रो मुलुकबाट नेपाल आउने संयामा कुनै रोकथाम देखिदैन । त्यस्ता आवतजावतमा नकुनै रोकथामको प्रयास छ नत कुनै परिक्षण नै जस्को नतिजा देश भर नै कोरोना माहामारीको रुप भित्रैभित्रबाट लिइ रहेको जानकारहरुले बताउछन । यसै क्रम्मा विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणले निधन भएका एकजना व्यवसायी राजविराज ६ निवासी रामकृष्ण दासको शव नेपाली सेनाको टोलीले उनकै गृह जिल्लामा ल्याई वर्षाको समयमा भिज्दै तीन घण्टामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी नदीको दक्षिण बगरमा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई दासको शव व्यवस्थापन गरिएको नेपाली सेनाको भिम दल गणले जनाएको छ ।
गणका सहसेनानी कमल श्रेष्ठ प्रधानको कमान्डमा खटिएको ९ जनाको टोलीले मृतक परिवारका एक जना सदस्य समेतको उपस्थितिमा कोरोनाबाट मृत्यु भएका दासको शव व्वयस्थापन गरेको हो । बिहीबार राती १० बजेतिर कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएका दासको सुरुमा धरानमै शव व्यवस्थापन गर्ने प्रयास गरिएको थियो तर, मृतक प्रदेश २ का रहेका र शवको व्यवस्थापन सोही प्रदेशमा गर्नु पर्ने भन्दै धरानमा कुरा उठेपछि विवाद नबढोस सोचेर गृह जिल्ला ल्याई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहको समन्वयमा शुक्रबार राती शव व्यवस्थापन गरिएको गणका प्रमुख सेनानी कुँबरले जानकारी दिए । सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाडो शव व्यवस्थापन गर्न जारी गरेको शव व्यवस्थापन निर्देशिका २०७७ अनुसार सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई शव ब्यवस्थापन गरेको आइतबार एक सूचना मार्फत गणले जनाएको छ । मुटु रोगको उपचारका क्रममा धरान पुगेका ७२ वर्षिय दासमा ज्वरो समेत देखिएपछि स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । रिपोर्ट आएको पाँच घण्टा नबित्दै उनको निधन भएको थियो ।
You must be logged in to post a comment.