![]()
people’s news : आम आदमी पार्टी नेपाल पर्सा जिल्लाको प्रथम जिल्ला अधिवेशन सफल्तापुर्वक सम्पन्न भएको छ ।उक्त समयमा पार्टी नेता, कार्यकर्ता तथा सुभचिन्तकको उपस्थिती थियो । यक्त अधिबेशन पश्चात जिल्ला अध्यक्षमा समसुल मीया अंसारी तथा उपाध्यक्षमा बाल गोपाल यादव र सचिवमा धिरज मिश्रा सहित ५१ जनाको कार्य समिति चयन भयो । कार्यक्रमको अध्यक्षता समसुल मीया अंसारी ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिमा आम आदमी पार्टी नेपालका केन्द्रीय अध्यक्ष अशोक कुमार यादवको उपस्थिति रहेको थियो । आम आदमी पार्टी नेपालको केन्द्रीय सहमहामन्त्री रामा प्रसाद थारु, महिला नेतृ मधुमाया यादव पार्टी प्रवक्ता भरत भुषण पाण्डे, केन्द्रीय सदस्य बृज साह सहित जिल्लाको नेता कार्यकर्ताहरुले उक्त अधिबेसनमा सहभागिता जनाएका थिए । पार्टीका राष्ट्रीय अध्यक्ष असोक यादवका अनुसार शान्तिपुर्ण तरिकाले पार्टीको अधिबेशन सके । उनले पार्टीगत संगठन बिस्तारकालागि हरेक नेता कार्यकर्तालाई अग्रसर भइ लाग्न सल्लाह र सुझाव पनि दिनु भयो ।


You must be logged in to post a comment.