आम आदमी पार्टी नेपालको जिल्ला अधिबेशन गर्ने कार्यको सुरुवात

Loading

Peoples News : आज मिति २०७७्र/३्र/२७ गते पर्सा बीरगंजमा बारा पर्सा र रौतहटको केन्द्रीय नेताहरुहरूको बैठक बस्यो । सो बैठकबाट अगामी शनिबार पर्सा जिल्लाको जिल्ला अधिवेशन र दोस्रो शनिबार बारा जिल्लाको अधिवेशन गर्ने निर्णय भयो । साथै तेस्रो हप्तामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । साथ साथै अरू जिल्लाको अधिवेशन गर्ने निर्णय भएको छ । आम आदमी पार्टी नेपालको केन्द्रीय प्रवक्ता भरत भुषण पाण्डे ज्यूलाई आम आदमी पार्टी नेपालको संगठन बिभाग प्रमुख मनोनित गरियो । पार्टीको नेता प्रहलाद राय योगी ज्यूलाई केन्द्रीय समितिमा मनोनित भएको छ ।

उपस्थित महिला नेतृ मधुमाया यादव, पार्टी सह-माहासचिव रामा प्रसाद थारू, केन्द्रीय सदस्य प्रवक्ता भरत भुषण पाण्डे, कसमोदीन अंसारी, गोविन्द गुप्ता, प्रहलाद राय योगी, अनिल सर्राफ, हरिसुन्दर साह,  अनिता सिंह,  संजय झा,  मुन्ना झा, समसुल अंसारी सहभागी थिए । आम आदमी पार्टी नेपाल जनातसंग प्रत्यक्ष सरोकार राख्ने पार्टी हो । यसले जनताको हरेक क्रियाकलापको साथ दिई हक अधिकारकोलागि लडने एक संगठन हो । यस पार्टीले आफनो अधिबेशन पश्चात जनतामा प्रत्यक्ष सरकोकार राखी जनताको हक अधिकारकोलागि सदैब लडने पार्टी आम आदमी पार्टी हुन भन्ने मनसाय पार्टीका अध्यक्ष असोक कुमार यादवले बताउनु भयो । यादवका अनुसार अव हाम्रो कदम जनताको मन मस्तिष्कमा बस्ने गरि प्रभाव छोडने प्रयास गर्ने छु । आम आदमी पार्टीका महिला नेतृ मधुमाया यादवले अव हरेक महिलाको हक अधिकारका लागि लडने प्रण गर्दै आगामी कार्यक्रमको तयारीमा लागेको बताउनु भयो ।